+

विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नामिबिया नेपाल आउने

२०७२ मंसिर  २८ गते १३:२८ २०७२ मंसिर २८ गते १३:२८
विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नामिबिया नेपाल आउने

Nepal-Cricket-Team-1

२८ मंसिर, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नामिबिया नेपाल आउने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल र नामिबिया वैशाख ४ र ५ गते (अप्रिल १६ र १८) मा खेल्नेछन् ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । तर, भौतिक पूर्वाधार, सुरक्षा लगायतमा नेपालले सुधार गर्नु पर्नेछ ।

आईसीसीले यसअघि पपुवा न्यूगिनीसँगको खेल पनि नेपालमा गर्ने तय गरेको थियो । तर, भूकम्पपछि भौतिक पूर्वाधरमा सुधार नगरेको लगायतका कारण देखाएर यूएईमा खेलाइएको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा नेपालले चार खेल खेलेको छ र सबै खेल गुमाएको छ । टी-२० विश्वकप छनोट लगतै भएको पहिलो चरणमा स्कटल्याण्डसँग दुई खेल गुमाएको नेपालले यूएईमा भएको खेलमा पपुवा न्यूगिनीसँग हार व्यहोरेको थियो । र, नेपाल अंक बिहीन छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय