+

साफ च्याम्पियनसिपका लागि अनिलको कप्तानीमा नेपाली टोली घोषणा

२०७२ मंसिर  २८ गते १३:५६ २०७२ मंसिर २८ गते १३:५६

२८ मंसिर, काठमाडौं । साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गरी २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

साफ च्याम्पियनसिपका लागि अनिलको कप्तानीमा नेपाली टोली घोषणा

anil-gurung-1

  • अनिल गुरुङ

२८ मंसिर, काठमाडौं । साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गरी २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

अनिलको अनुपस्थितिमा विराज महर्जन वा रोहित चन्द मध्ये एकले टीम लिडरको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोलीका प्रशिक्षक प्याट्रिक ओसेम्सले आफूलाई कप्तान नभई लिडर चाहिएको बताए ।

नेपाली टोलीको फवार्ड लाइनमा अनिलसँगै जगजित श्रेष्ठ, विमल घर्तीमगर, अन्जन विष्ट, नवयुग श्रेष्ठ र नविन लामा छन् ।

मिडफिल्डमा रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विसाल राई र योगेश गुरुङ छन् भने डिफेण्डरमा रन्जित धिमाल, रविन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी र विराज महर्जन छन् । गोलकिपरमा किरण चेम्जोङसँगै विकेश कुथु र अमृत चौधरी छन् ।

साफ च्याम्पियनसिप डिसेम्बर २३ देखि भारतमा हुनेछ ।नेपाल समूह एमा छ र यो समूहमा आयोजक भारतसँगै श्रीलंका छ । नेपाल डिसेम्बर २३ मा श्रीलंकासँग खेल्नेछ भने २७ मा भारतसँग खेल छ । डिफेण्डिङ च्याम्पियन अफगानिस्तानसँगै बंगलादेश, भुटान र माल्दिभ्स छन् ।

football_team (1)

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय