+
+

रेखाका रुपः भूवनसँग टपक्कै, दयासँग सेल्फी(फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते १०:५२

rekha-bhuwan-and-shiva
निधारमा ठाडो टिका कोरेर एक कार्यक्रममा उपस्थित भएकी चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाका विभिन्न रुप देखिए । हुनत, क्यामेराको अगाडि परेपछि कलाकारले अनेक खालका पोज दिनु नौलो होइन ।

त्यसमाथि रेखा थापा न परिन् । चर्चा र गसिपमा आउने तरिका सायद उनलाई जती अन्य नेपाली कलाकारलाई थाहा छैन होला । चलचित्र कलाकार संघको निर्वाचनमा पुगेकी रेखालाई भोट हालेर घर फर्किन जती हतार थियो, त्यती नै हतार कार्यक्रममा उपस्थित विभिन्न कलाकारसँग पोज दिन पनि ।

नायक भूवन केसीसँग रेखा मदहोस देखिइन् । हुनत, भूवनलाई यूवतीसँग बारम्बार जोडिने गरिन्छ । भूवनको अगाडि रेखाको पोज मदहोस नै थियो । रेखालाई शिव श्रेष्ठले त ताने, तर उनको ध्यान भूवनमाथि नै देखियो ।
bhuwan-rekha-and-shiva

bhuwan-kc-and-rekha-thapa
रेखा थापा र नायक दयाहाङ राइको पोज केही बेग्लै थियो । रेखा र दयाले एकसाथ तस्बिर मात्र लिएनन्, बसुन्धरा भुषालसँग सेल्फी पनि खिचे ।
नायक सविन श्रेष्ठलाई भने रेखाले आर्शिवाद दिइन् । रेखाकै चलचित्रबाट सविनले चलचित्र क्षेत्रमा पाइला राखेका थिए । यसैले पनि होला सविनलाई रेखाले आर्शिवाद दिएकी थिइन् । तर, रोचक कुरा के थियो भने कार्यक्रममा उपस्थित नायिकाहरुसँग भने रेखाको केमेष्ट्री खासै देखिएन । रेखा नायिका भन्दापनि नायक र पत्रकारहरुसँग निकट देखिएकी थिइन् ।rekha-thapa-and-dayahang
basundhara-rekha-and-daya
जे होस्, चुनावको माहोल गर्माइरहँदा रेखा थापालाई भने विभिन्न कलाकारसँग पोज पोजमा तस्बिर खिचाउनमै फुर्सद भएन । rekha-and-sabinतस्बिर : उत्सव रसाइली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?