+
+

यस्तो छ यूएर्इमा खिचिएको रनुको भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते १०:१६

रामप्रसाद ढुंगेल

uuuuu

यूएई । रोजगारीका लागि विदेसिएका नेपालीहरु संगीतको विकासका लागि प्रयासरत छन् । काम र दामको खोजीमा मुलुकवाट टाढिएका प्रवासी नेपालीले नेपालको सांगीतिक क्षेत्रलाई भने राम्रै योगदान पुर्‍याइरहेका छन् ।

पछिल्लो समय प्रवाशवाट पनि उत्कृष्ट म्यूजिक भिडियो बन्ने क्रम सुरु भएको छ । यूएई बस्दै आएका रनु जबेगु राम्रो सम्भावनाका साथ देखापरेका छन् । झापा पाँचगाछीका रुनु विगत सात वर्षदेखि यूएईमा छन् । गीतसंगीतमा रुचि भएका रुनुले धेरै लामो अभ्यास र प्रयासपछि पहिलो एल्बम ‘ट्रायल’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आउँदै छन् ।

उक्त एल्बममा आधुनिक, पप र लोकपप गरी सात वटा गीत रहेको उनले बताए । त्यही एल्बमको एक गीतको भिडियो सार्वजनिक गरेका रनु ट्रायलको पहिलो रेस्पोन्सले नयाँ उत्साह थपिएको बताउँछन् ।

आउ मेरो…बोलको उक्त गीतको रचना सुन्दर लावतीले गरेका हुन् भने संगीत ताराप्रकाश लिम्बूले गरेका हुन् । सोही गीतको म्यूजिक भिडियोमा नेपाली सिने जगतका पछिल्लो प्रविधि कलरिस्ट टेकेन्द्र शाहले निकै मिहिनेतका साथ भिडियो सिँगार्ने काम गरेका छन् । प्रविन खालिङको एरेन्जमा बनेको अडियोको भिडियोलाई विजय सुब्बाले निर्देशनका साथ क्यामरा र सम्पादन समेत गरेका छन् ।

भिडियोमा गायक स्वयमलाई साथ दिएकी छिन् प्रश्ना लामाले । प्रश्नाको प्रस्तुति कुनै प्रोफेसनल मोडलभन्दा कम छैन । दुबईका रमणीय स्थानमा सुट गरिएको भिडियो हेर्नलायक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?