+
+

सिद्धार्थ, एकता र नेपाल आवास गाभिने

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ८ गते १५:२१

८ पुस, काठमाडौं । आगामी चैत्रदेखि एककीकृत कारोबार गर्ने लक्ष्यका साथ राष्ट्रियस्तरको सिद्धार्थ डेभलपमेण्ट बैंक, नेपाल आवास फाइनान्स र बुटवलमा केन्द्रिय कार्यालय रहेको १० जिल्ले एकता विकास बैंक एकआपसमा गाभिने सम्झौता गरेका छन् ।

तीनवटै संस्थाका प्रतिनिधिले मंगलबार मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा सिद्धार्थका तर्फबाट रामबहादुर भण्डारी, एकताका तर्फबाट खिमनाथ शर्मा रा नेपाल आवासका तर्फबाट खेमराज पन्तले हस्ताक्षर गरे ।

मर्जर पश्चात बन्ने नयाँ संस्थाको नाम सिद्धार्थ डेभलपमेन्ट बैंक नै रहने र अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि सिद्धार्थ डेभलपमेन्ट बैंककै रहने सम्झौतापत्रमा उल्लेख छ ।

मर्जर पश्चात बैंकको चुक्ता पुँजी १ अर्ब १४ करोड ४४ लाख ९० हजार हुनेछ भने निक्षेप १० अर्ब ७ करोड, कर्जा ८ अर्ब ५५ करोड छ । खराब कर्जाको मात्रा ३.५३ प्रतिशत र शाखा संख्या २९ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?