Comments Add Comment

डिजेल वितरण सहज बन्दै, पेट्रोलमा ‘अंकुश’ कायमै

petrol (2)

१५ पुस, काठमाडौं । नेपाल आयल निगमले काठमाडौंको बजारमा डिजेलको आपूर्ति बढाउने भएको छ । पछिल्ला दिनमा भारतबाट पेट्रोलियम आयात सहज भएपछि निगमले बजारमा डिजेलको आपूर्ति बढाउन लागेको हो ।

यसअघि दिनमा काठमाडौंको थानकोट डिपोबाट औसतमा २ लाख लिटर डिजेल वितरण भइएरहेकोमा अब त्यसलाई केही हदसम्म बढाइने आयल निगमका कार्ककारी निर्देशक गोपालबहादुर खड्काले बताए । ‘भोलिदेखि काठमाडौंको थानकोट डिपोबाट बजारमा पठाइने तेलको मात्र बढाउने क्रम सुरु हुन्छ’ कार्यकारी निर्देशक खड्काले भने- सार्वजनिक र अत्यावश्यकीय सेवाका सवारीलाई सहज रुपमा तेल उपलब्ध गराउन आपूर्ति बढाउन लागिएको हो ।’

बुधबार दुई लाख लिटर डिजेल बजारमा पठाएको निगमले भोलि बिहीबार बढाएर झण्डै २ लाख २० हजार लिटरमा पुर्‍याउनेछ । स्टक बढ्दै गएपछि बजारमा डिजेलको आपूर्ति सामान्य अवस्थमा पुर्‍याइने खड्काले बताए ।

मोटरसाइकलले नपाउने, कारलाई अर्को साता

Petrol Line 6

आयल निगमले तत्काल निजी मोटरसाइकललाई तत्काल तेल दिन नसकिने स्पष्ट गरेको छ । पेट्रोलको आपूर्ति अझै समान्य नभएको र स्टक पनि धेरै नभएका भन्दै नियमित रुपमा निजी सवारीलाई बाँडन नसकिने कार्याकारी निर्देशक खड्काले बताए ।

तर, निजी कार तथा जिपलाई अर्को हप्ताभित्र तेल बाँड्ने आयल निगमको तयारी छ । उनले भने, ‘दुइ हप्ताअघि मात्रै निजी मोटरसाइकललाई तेल दिइएको छ । अब कारलाई तेल दिने गृहकार्य भइररहेको छ ।’

आयल निगमको थानकोट डिपोमा अहिले ८ लाख लिटर पेट्रोल स्टक छ । त्यसलाई १२ लाख लिटर बनाएपछि मात्रै निजी कारलाई तेल दिइने उनले बताए । ‘आज भैरहवाबाट २ देखि ३ लाख लिटर पेट्रोल भित्रिन्छ । त्यसपछि निजी कारलाई तेल दिने योजना बन्नेछ’ कार्यकारी निर्देशक खड्काले भने ।

निजी कारलाई चार दिन तेल बाँड्ने निगमको योजना छ । यसपटक केही पम्पहरुबाट एसएमएसबाट तेल बुक गर्न मिल्ने ‘क्यु म्यानेजमेन्ट सिस्टम’ पनि लागू गरिने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment