Comments Add Comment

प्रधानमन्त्री ओलीका लागि विमान एक घण्टा होल्ड

Pm-Kp-oli

१६ पुस, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि एक निजी विमान कम्पनीको एयरलाईन्सलाई विराटनगर विमानस्थलमा एक घण्टा होल्ड गराइएको छ ।

निर्धारित समयमा प्रधानमन्त्री ओली नआएपनि ओलीका लागि यात्रुसहितको यति एयरलाइन्सलाई एक घण्टा विमानस्थलको धावन मार्गमा होल्ड गरेर राखिएको हो ।

नियमित उडान ४ः४५ मा रहेपनि प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिहरु निर्धारित समयमा एयरपोर्ट आउन ढिला गरे । जसका कारण विमान ५ः३० वजे मात्र विराटगनरवाट काठमाडौंका लागि उडान भरेको छ ।

प्रधानमन्त्री ओली महासचिव इश्वर पोखरेल, नेता अग्नि खरेल यातिको उडानवाट विराटनगरवाट काठमाडौं फिर्कर्ने कार्याक्रमे थियो ।

यति एयरलाइन्सका कर्मचारी मनिषा श्रेष्ठले प्रधानमन्त्री आउन ठिला भएपछि उडान ५ः३० वजेलाई सारिएको जानकारी दिइन । उनले भनिन्-हिजो सोही विमानवाट प्रधानमन्त्री विराटनगर ओर्लिनुभएको थियो । आज सोही विमानमा फर्कने कार्यक्रम रहेकाले विमानको नियमित उडान पछि सारिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment