+
+

तीन दलीय कार्यदलमा नजाने, मधेसी मोर्चाको बेग्लै कार्यदल !

२० पुुस, काठमाडौं । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले तीनदलीय कार्यदलसँग वार्ता गर्न छुट्टै कार्यदल बनाउने भएको छ ।

प्रमुख तीन दलसँग आइतबार साँझ भएको वार्ताको समीक्षा गर्न मधेसी मोर्चाका नेताहरुको अनौपचारिक बैठक बसेको थियो । कांग्रेस, एमाले र एमाओवादीले ११ बुँदे मागबारे छलफल गर्न कार्यदल बनाउने भन्दै प्रतिनिधि पठाउन मधेसी मोर्चालाई आग्रह गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २० गते १७:४८

Madhesi--morcha

फाइल फोटो

२० पुुस, काठमाडौं । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले तीनदलीय कार्यदलसँग वार्ता गर्न छुट्टै कार्यदल बनाउने भएको छ ।

प्रमुख तीन दलसँग आइतबार साँझ भएको वार्ताको समीक्षा गर्न मधेसी मोर्चाका नेताहरुको अनौपचारिक बैठक बसेको थियो । कांग्रेस, एमाले र एमाओवादीले ११ बुँदे मागबारे छलफल गर्न कार्यदल बनाउने भन्दै प्रतिनिधि पठाउन मधेसी मोर्चालाई आग्रह गरेको थियो ।

तमलोपाको कार्यालय विजुलीबजारमा बसेको बैठकले कार्यदल बनाउने समझदारी भएको छ । तर, शीर्ष नेताहरु अनुपस्थित रहेको र सद्भावना पार्टी बैठकमा नआएको भन्दै कुनै निर्णय भएन ।

यसबारे मंगलबार औपचारिक निर्णय हुनेछ । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले भने-‘उहाँहरुले एक महिना अघि बनाएको कार्यदलमा हामी मिसिन जाँदैनौं ।’

उनका अनुसार तीन दलको कार्यदलसँग छलफल गर्न मोर्चाले पनि आफ्नो कार्यदल बनाउनेछ । अनलाइनखबरसँग कु्रा गर्दै श्रेष्ठले भने- हामी त ११ बुँदे माग राखिसकेका छौं । यसबारे उहाँहरुको धारणा के ? त्यो आएपछि हाम्रो कार्यदलमा छलफल गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?