+
+

सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा प्रशासनको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २१ गते ९:५५

२१ पुस, काठमाडौं । देश विखण्डनका लागि मधेसमा ‘जनमत संग्रह’ गर्दै हिँडेका सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा जिल्ला प्रशासनले प्रहरीलाई आदेश दिएको छ ।
ck-raut
सिके राउतका कार्यकर्ताले ‘नेपालमै बस्ने कि मधेसलाई अलग्गै देश बनाउने’ भन्ने दुई विकल्पमा जनमत संग्रहको नाटक मञ्चन गर्न थालेको भन्दै यसलाई क्षम्य मान्न नसकिने सरकारी अधिकारीले बताएका छन् ।

‘यो गम्भीर प्रकारको अपराध हो, देश टुक्र्याउने गतिविधि गर्नु भनेको राज्य विप्लवको अपराध हो,’ सिराहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बीकेले अनलाइनखअबरसँग भने- ‘त्यस्तो कार्य गर्दै हिँडेका व्यक्तिहरुको पहिचान गरी तिनीहरुलाई अदालतमा उभ्याइनेछ र राज्य विप्लवमा मुद्दा चलाइनेछ ।’

यस्तो छ सिके राउतको योजना

मधेसलाई नेपालबाट टुक्र्याएर अलग्गै देश बनाउने भन्दै हिँडेका राउतले अहिले मधेसमा गरिरहेको जनमत संग्रहको नाटकलाई अलग्गै देश बनाउने अभियानसँग जोड्ने र यसको फुटेज संयुक्त राष्ट्र संघमा पठाएर मधेसमा सामानान्तर सरकार चलाउने आफ्नो योजना सार्वजनिक गरेका छन् ।

Ck-Raut-plane

सुरुमा जनचेतना निर्माण गर्ने, त्यसपछि निर्वाचन आयोग गठन गर्ने, मधेसी पार्टीहरुले उमेद्वारी दर्ता गरेर मधेसमा आफ्नै चुनाव गराउने अनि मधेस संसद र मधेस सरकार गठन गर्ने राउतको योजना छ ।

मधेस सरकार र मधेस संसद घोषणा गरेपछि मधेसलाई स्वतन्त्र देशका रुपमा घोषणा गर्ने र प्रतिरक्षा आन्दोरनका साथै राष्ट्र संघलाई गुहारेर जनमत संग्रह गराई नेपालबाट अलग हुने उनको ग्राण्ड डिजाइन छ ।

सरकारले यसअघि पनि सिके राउतलाई राज्य विप्लवमा मुद्दा चढाएको थियो । तर, उनलाई धरौटीमा छाडिएको थियो ।
अमेरिकामा पढेेर आएका राजबिराजका राउतले केही वर्षयता तराई मधेसमा स्वतन्त्र मधेसको नारामा आफ्नो गतिविधि गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौंका नेता र मन्त्रीलाई मधेसमा कसले रोक्दैछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?