+
+

गधासँग सम्भोग गर्दा एक महिना जेलको बास

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २५ गते ५:३०

dunkey

आफ्नो कुरकुरे वैँशलाई थाम्न नसकेर पशुकरणी गर्दा बेलायतका एक युवकले जेलको हावा खानु परेको छ । २१ वर्षका ती युवकले एक पोथी गधासँग सेक्स गरेको आरोपमा उनलाई एक महिनाको जेल सजाय सुनाइएको हो ।

क्लार्क काउन्टीको एक जनावर फार्ममा कृषी मजदुरको रुपमा काम गर्ने गिदेओन डी स्वार्टजनटूबरलाई गतवर्ष गधासँग सेक्स गरेको आरोपमा पक्राउ गरिएको थियो ।

उनलाई अदालतले एक महिनाको जेल सजाय र ४४३ डलर जरिवाना समेत तोकेको छ । साथै उनले मनोपरामर्श लिनुपर्ने तथा उनीमाथि निगरानी गर्न समेत सम्बन्धित अधिकारीहरुलाई अदालतले आदेश दिएको छ ।

रोचक कुरा त के भने आफुले गधीसँग सेक्स गरेर गम्भीर गल्ती गरेको भन्दै उनले न्यायाधीश समक्ष आफुलाई कडा सजाय दिन माग गरेका थिए । आरोपमा साविती रहेसँगै अदालतले उनलाई एक महिनाको जेल सजाय सुनायो ।

खेतमा चरिरहेको गधासँग पहिलोपटक भेट गरेसँगै आफुलाई मन परेको र लामो समयसम्म उसको सँगत भएपछि आफु क्रेजी भएर उसलाई करणी गरेको उनको दाबी छ । स्वार्टजनटुबरले गधासँग सेक्स गरेको उनका मालिकले देखेपछि प्रहरीलाई खबर गरेका थिए र तत्काल प्रहरी आएर उनलाई पक्रेको थियो । आफुले त्यसअघि कहिल्यैपनि कुनै जनावरलाई करणी नगरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?