Comments Add Comment

विप्लव माओवादीद्वारा भक्तपुरमा जनसरकार घोषणा

७ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले काठमाडौं उपत्यकामा पहिलोपटक जनसरकार घोषणा गरेको छ ।

biplabजनपरिषदका केन्द्रीय संयोजक सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा माओवादीले भक्तपुरमा जनसरकार घोषणा गरेको हो । जनसरकार प्रमुखमा कृष्णराज खड्का छन् । चाँगुनारायण निवासी खड्का पूर्वबक्सिङ खेलाडी हुन् ।

जनसरकार उपप्रमुखमा केदार दुवाल श्रेष्ठ, सभामुखमा विवेक विक र उपसभामुखमा राजाराम लागेलाई चयन गरिएको नेकपा माओवादी भक्तपुरका इञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिए ।

जनताका काम गर्न सरकारलाई दवाव दिन सरकार घोषणा गरिएको उनले बताए । मल्लले भने, ‘नौ सदस्यीय जनसरकारले जनताको पक्षमा काम गर्छ । यसले भूमिगत क्रियाकलाप गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment