+
+

नरेन्द्र मोदीका सेनापतिको सबैभन्दा ठूलो परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १० गते १८:४६

Modi-with-Amit-Shah

१० माघ, काठमाडौं । अमित शाह भारतीय जनता पार्टी (भाजपा)को अध्यक्ष चयन भएका छन् । यो पटक उनी ती वर्षका लागि पार्टी अध्यक्ष बनेका हुन् ।

उनले ९ जुलाई, २०१४ मा पहिलो पटक भाजपा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । राजनाथ सिंह नरेन्द्र मोदी सरकारमा गृहमन्त्री बनेपछि शाहलाई अध्यक्ष पद छाडेका थिए ।

लोकसभा चुनावमा युपीको प्रमुख रहेका अमित शाहलाई ८० मध्ये ७३ सिट जिताएकोमा ठूलो पुरस्कार दिइएको थियो । तर, २०१६ सम्म आइपुग्दा मोदी र अमित शाहको चमक निकै फिक्का भइसकेको छ ।

‘अजय’ मानिएको यो जोडीले दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीसामू हार भाग्यो भने बिहारमा नितिशकुमार र लालुप्रसाद यादवसँग लज्जास्पद हार नै व्यहोरेको छ ।

बिहार विधानसभा चुनावममा भाजपाको सेनापति र रणनीतिकार नरेन्द्र मोदी र अमित शाह नै थिए ।  पार्टीमा साइड लगाइएका लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र यशवन्त सिन्हा जस्ता वरिष्ठ नेताले बिहारको हारलाई लिएर मोदी र शाहविरुद्ध आवाज उठाए र शाहको नेतृत्व क्षमतामाथि प्रश्न गरे ।

देशमा बढ्दो असहिष्णुता, अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो खतरा र बहुलतावादी परम्परा नष्ट गर्ने योजना बनाएको आरोपले मोदी सरकारको प्रतिष्ठा र भाजपाको स्वीकार्यतामा आँच ल्यायो । यसलाई लिएर भाजपा र संघभित्र कुनै अर्को नेतालाई पार्टीको बागडोर दिने ? भन्ने प्रश्न उठ्यो ।

यसको बावजूद अमित शाह पक्षमा पल्ला भारी भयो । संघका वरिष्ठ नेताहरु उनको पक्षमा आए । २०१४ को लोकसभा चुनाव र त्यसपछि विधानसभा चुनावहरुमा शाहले संघका कार्यकर्तालाई निकै प्रयोग गरेका थिए । पार्टी र संघका तल्लोस्तरका कार्यकर्ता उनको सिधा सम्पर्कमा छन् ।

अमित शाहलाई निकै उर्जावान र मेहनती नेता मानिन्छ । उनी अहिले जुन राज्यमा पार्टी कमजोर छ, त्यहाँ जनाधार बनाउने रणनीति कोरिरहेका छन् ।

उनी प्रधानमन्त्री नरेन्द्र मोदीका पुराना सहयोगी र विश्वास पात्र हुन् । दुबैका बीचमा राम्रो समझदारी छ र मोदी तत्काल अरु कसैलाई पार्टी अध्यक्षका रुपमा हेर्न चाहँदैनन् । यदि अमित शाहको विकल्पमा अर्को नाम खोज्ने हो भने यसको अर्थ आडवाणी र जोशीका ‘विद्रोही’लाई महत्व दिनुपर्ने हुन्छ । त्यसैले अध्यक्षमा अमित शाहको नाममा सहमति जुट्यो ।

तर, अमित शाहका सामू ठूला चुनौतीहरु छन् । यसै वर्ष अपि्रल-मेमा पश्चिम बंगाल, तमिलनाडु, असम, केरला र पुडुचेरीमा विधानसभा चुनाव हुँदैछ । लोकसभा चुनावमा भाजपाले पश्चिम बंगालमा पाइला टेक्ने ठाउँ पाएको थियो, यो अब पटक पाइला चाल्नु पर्नेछ ।

असममा बोडो पिपुल्स फ्रन्टसँग गठवन्धन बनाएपछि अपेक्षा बढेको छ । अर्को वर्ष उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा विधानसभा चुनाव हुँदैछ ।

अमित शाहले सबैभन्दा ठूलो चुनौती उत्तर प्रदेशमा सामना गर्नु पर्नेछ, जहाँ बलियो मतको आधार बोकेका सपा र बसपासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । लोकसभा चुनावमा पाएको सफलताले कीर्तिमानले विधानसभा चुनावलाई मदत गर्ने वाला छैन ।

अयोध्यामा राम मन्दिर बनाउने चर्चा चलाइएको छ । ढुंगामा मुर्ति कुँद्ने र अर्को खेप पनि मगाउने काम तीव्र गर्नुले के प्रष्ट हुन्छ भने युपीमा नरेन्द्र मोदीको विकासको बाचाप्रति अमित शाहलाई पूर्ण भरोसा छैन ।

बिहारमा विकासको नारा असफल भयो । बरु भाजपाले जातीय र सम्प्रदायिक पत्ता खोल्यो । बिहारमा नितिश जस्तै उत्तर प्रदेशमा अखिलेश विकास पुरुषका रुपमा चिनिएका छैनन् । तर, लखनउ मेट्रो, समाजवादी पेन्शन स्किम, आईटी सिटी र लखनऊ आगरा एक्सप्रेस जस्ता महत्वकांक्षी अघि सारेका छन् र, यसलाई पुरा गर्ने प्रयास गरिरहेका छन् ।

यसैले शाहको रणनीति छ कि मोदी सरकारको ‘नामामि गंगे’, ‘स्वच्छ भारत अभियान’ र ‘बेटी बचाओ-बेटी पढाओ’ जस्ता योजनाको प्रचार गर्नुका साथै जातीय र धार्मिक मुद्धालाई जोडका साथ उचालिरहेका छन् ।

यसैले अमित शाह संघको टीमलाई उपयोग गरिरहेका छन् । उत्तर प्रदेशमा उनको विश्वस्त सहयोगी पार्टीका प्रदेश महामन्त्री सुनिल बंसल हुन् ।

युपीमा शाहको विरोध बाहिरबाट देखिएको छैन । तर, असन्तुष्टि त छ नै । मनलाग्नी तरिकाले काम गर्ने उनको शैलीको आलोचना भएको छ र पार्टीका मानिसहरुले सहज भेट गर्न सक्दैनन् पनि भन्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?