+
+

पूर्व लडाकू प्रयोग गरेर आफ्नै पतिको हत्या, परस्त्रीसँग लागेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १२ गते २:४०

Ranu-And-Bikram

११ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ कुमारीका पदम थापाको उनकै पत्नीले हत्या गराएको खुलेको छ । अनुसन्धानका क्रममा रेनु थापाले पैसा दिएर पदमकै साथी पूर्व लडाकूबाट हत्या गराएको पाइएको छ ।

प्रहरीले रेनुसँगै पैसा लिएर पदमको हत्या गर्ने पूर्व लडाकू संजय भन्ने बिक्रम थारु पक्राउ परेका छन् ।

माघ ४ गते राति १० सोमबार राति घरमा सुतिरहेको अबस्थामा ४५ बर्षीय थापाको हत्या भएको थियो । प्रहरी अनुसन्धानका क्रममा रेनुले नै हत्या गरएको खुलेको छ ।

मदिरा पिएको, परस्त्रीसँग सम्वन्ध राखेको र सम्पत्ति सिध्याएकाले आफ्नो योजना अनुसार श्रीमानको हत्या भएको ३७ बषर्ीया रेनुले प्रहरीसँगको बयानमा भनेकी छन् ।

रेनुले हत्याका लागि नवलपरासीको बर्दघाटमा पुगेर बिक्रमसँग छलफल गरि घर फर्किएकी थिइन् । उनी आउनभन्दा केहि समयअघि नै विक्रमले पदमको हत्या गरे ।

प्रहरीले रुपन्देही तिलोत्तमा १६ मृगौलीका ३२ बर्षीय संजय भन्ने बिक्रम थारुलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले भने-‘बिक्रमले ८० हजार नगद पाएको र अरु चाहेजति पैसा पाउने आश्वासनमा पदमको हत्या गरेको पाइएको छ ।’

मृतक पदम र हत्या गर्ने बिक्रम अत्यन्तै मिल्ने साथी भएको खुलेको छ । विक्रमको टाउकोमा रडले हानेर हत्या गरिएको थियो ।

संजय बिस २०६८ सालको फागुनमा कटुवा पिस्तोलसहित पक्राउ परेका थिए । हातहतियार तथा खरखजाना मुद्धामा अनुसन्धान पश्चात ३ बर्ष जेलमा बसेर २०७१ फागुनमा छुटेका थिए ।

परस्त्रीसँग लागेको आरोप

मृृतक पदम परस्त्रीसँग हिड्ने गरेको र भएको सम्पत्ति ८ कठ्ठाबाट साढे १ कठ्ठामा ल्याएको परिवारजनको आरोप रहेको छ । पदमले सम्पत्ति बेचेर मदिरा पिउने र घर परिवारलाई तनाव दिने गरेको रेनुले बताइन् । थापाकी १८ बर्षीया छोरी र १६ बर्षका छोरा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?