+
+

हेलीकप्टरमा धनीमानीको मात्रै हालीमुहाली

हामीले नेपाल वायुसेवा निगममा दुईवटा वाइड बडी र दुईवटा न्यारो बडी जहाज खरिद गर्ने प्रकृया अगाडि बढाएका छौं । वाइड बडी जहाज खरिद गरेपछि नेपालबाट कोरिया, जापान, बेलायसम्म सिधा उडान गर्न सकिने छ । अष्ट्रेलियामा पनि वीचमा ट्रान्जिट गरेर उडान भर्छौं । दुईवटा न्यारो बडी जहाज थपिएपछि चीनका विभिन्न गन्तव्य र अन्य नजिकका गन्तव्यमा उडान विस्तार गर्छौं । यसो गर्न सकियो भने नेपाल आउने हवाइ भाडा स्वतः घट्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १२ गते ११:००

-दिनेशकुमार थपलिया, सचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हामीले नेपाल वायुसेवा निगममा दुईवटा वाइड बडी र दुईवटा न्यारो बडी जहाज खरिद गर्ने प्रकृया अगाडि बढाएका छौं । वाइड बडी जहाज खरिद गरेपछि नेपालबाट कोरिया, जापान, बेलायसम्म सिधा उडान गर्न सकिने छ । अष्ट्रेलियामा पनि वीचमा ट्रान्जिट गरेर उडान भर्छौं । दुईवटा न्यारो बडी जहाज थपिएपछि चीनका विभिन्न गन्तव्य र अन्य नजिकका गन्तव्यमा उडान विस्तार गर्छौं । यसो गर्न सकियो भने नेपाल आउने हवाइ भाडा स्वतः घट्ने छ ।

Dinesh Kumar Thapaliyaअहिले हेलिकोप्टर सेवामा निजी क्षेत्रको एकाधिकार छ । हेलिकप्टर सेवाबाट हुनेखाने केही व्यक्तिहरु लाभान्वित भएका होलान्, तर रोगी र पीडितहरुले भोग्नुपरेको आर्थिक पीडा कहालीलाग्दो छ । त्यसैले हेलिकप्टरको चार्टर्ड गर्दा अधिकत भाडादर निर्धारण गर्न लागेका छौं । यसो गर्दा आफै थाक्नुपर्ला जस्तो देखिएको छ, तर म थाक्दिँन । यति घण्टाको, यति समयको, यति दुरीको भाडा यो भनेर किटान गरिदिन्छौं ।

नेपालमा हवाइ सेवा असुरिक्षत छ भन्ने अरोप छ, त्यो आरोपबाट मुक्त हुनका लागि हामीले गम्भिर भएर लाग्छौं ।

अर्को रणनीति भनेको स्वदेशी तथा विदेशी पत्रकारलाई नेपाली पर्यटनका बारेमा ब्लग लेखाउने काम गर्छौं । विदेशी मिडिया र टुर एजेन्सीलाई विभिन्न चरणमा टुर गराएर नेपालको यथार्थ सन्देश अन्तर्राष्ट्रिय जगतमा फिजाउँछौं ।

अहिले भूकम्पपछिको पुनर्निर्माण महायज्ञ सुरु भएको छ । पुनर्निर्माणको काम सबै दुर्गम क्षेत्रमा रहेको छ । त्यहाँ जान र सामान ओसार्न हेलिकप्टर प्रयोग गर्नुपर्ने हुन्छ । यसलाई मध्यनजर गरेर निगमले हेलिकोप्टर किन्नुपर्छ । अहिले हेलिकप्टर किनेमा २/३ वर्षभित्र आफ्नो लगानी उठाइसक्छ ।

हामी बिराटनगरलाई केन्द्र मानेर पूर्वी क्षेत्रमा, काठमाडौंलाई आधार बनाएर मध्यमाञ्चलमा, पोखरा वा भैरहवालाई केन्द्र मानेर पश्चिम क्षेत्रमा र नेपालगञ्ज, सुर्खेत र धनगढीलाई केन्द्र बनाएर मध्य तथा सुदूरपश्चिम क्षेत्रमा हेलिकप्टर सेवा प्रदान गर्ने योजनामा छौं ।

यसका लागि हामीले सम्भाव्यता अध्ययन भइरहेको छ । सम्भव भएसम्म हामी हेलिकप्टर किन्छौं । यसो भएमा निश्चित शुल्क तिरेर सेवा लिन पाउने नागरिक अधिकार पनि सुरक्षित हुन्छ ।

अब निगमका हरेक निर्णय र काम बन्द कोठामा हुँदैनन् । सबै कुरामा छलफल गर्छौं । सबैका कुरा सुन्छौं, तर काम गर्छौं ।

पर्यटनको दिगो विकासका लागि पनि हेलिकप्टर चाहिन्छ । करिव ३/४ घण्टाको दुरीमा ग्रेट हिमालय ट्रेल रुटमा हेलिप्याड बनाउनुपर्छ । यसो भएमा पर्यटकलाई केही भइहाल्यो भने पनि तत्काल रेस्क्यू गर्न सकिन्छ । उनीहरुलाई पनि सुरक्षा अनुभूति हुन्छ ।

विमान सेवा सुधारको विस्तृत कार्ययोजना

नेपाल वायुसेवाको सुधारका लागि हामीले तीन वर्षे विस्तृत कार्ययोजना ल्याइसकेका छौं । निगमको सुधार आवश्यक छ । निगममा प्रयाप्त जहाज नथपी हाम्रो लक्ष्य पनि हासिल हुँदैन । हामीले २०१६ भित्र अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइड बडी जहाज ल्याउने निर्णय गरेका र्छौं । सन् २०१७ मा दुईवटा न्यारोबडी जहाज ल्याउने योजना छ । सम्भव भएसम्म २०१६ भित्र नै केही हेलिकप्टर ल्याउँछौं । हाम्रो ४/५ वटा हेलिकप्टर किन्ने योजना छ ।

यही वर्ष चीनबाट आउने आन्तरिक उडानका चार वटा साना जहाजको पनि टुंगो लाग्नेछ । त्यस्तै, २०१८ मा आन्तरिक बजार अवस्था हेरेर दुर्गम क्षेत्रमा उडान गर्न सक्ने ट्वीनअटर टाइपका साना जहाज पनि किन्ने कार्ययोजनामा उल्लेख छ ।

अहिले उडिरहेका पुराना बोइङलाई तीनवटा सम्भावना हेरेर अध्ययन गरिरहेका छौं । दुबै जहाज मर्मत सम्भार गरेर चलाउँदा हुन्छ अथवा उस्तै जहाजसँग साटेर हुन्छ वा निश्चित मूल्यमा विक्री गरेर नयाँ किन्दा राम्रो हन्छ । यी तीनवटा सम्भवनामध्ये जे ठीक हुन्छ, सोही निर्णय गर्छौं ।

अब निगमका हरेक निर्णय र काम बन्द कोठामा हुँदैनन् । सबै कुरामा छलफल गर्छौं । सबैका कुरा सुन्छौं, तर काम गर्छौं । हामीसँग २०२० सम्म अहिले भएका जहाजका अतिरिक्त हेलिकप्टर सहित १०/१२ जहाज थपिने छन् । यसो गर्न सकिएन भने न त निगमप्रति न्याय हुन्छ, न त जनताप्रति नै ।

सम्भव भएसम्म हामी हेलिकप्टर किन्छौं । यसो भएमा निश्चित शुल्क तिरेर सेवा लिन पाउने नागरिक अधिकार पनि सुरक्षित हुन्छ ।

हामीले दुईवटा वाइड बडी जहाज ल्यायौं भने सिधै बेलायत, जापान, कोरियासम्म उडान गर्ने हैसियत प्राप्त गर्छौं । साथै बीचमा ट्रान्जिट गरेर अष्ट्रेलिया उडान भर्ने योजना छ । हामीले व्यवसायिक योजनासहितको कार्यक्रम तयार गरिसकेका छौं ।

चीनबाट ल्याएको जहाजबारे

चीनबाट ल्याएको जहाजका सम्बन्धमा मेरो चित्त दुखाइ केमा छ भने चीनमा जहाजको बारेमा बुझ्न टेक्निकल टीम पठायो, ठीक छ भन्दिन्छ, अर्को टिम पठाउँदा अलिअलि ठीक, अलिअलि बेठिक भनिदिन्छ । यथार्थ भन्न नसक्ने अवस्था कसरी सिर्जना भयो ? यो कसैले भन्दैनन् ।

अब कसैलाई आरोप-प्रत्यारोप नगरी मुलुकको सर्वोत्तम हित र निगमले प्रभावकारी रुपमा सञ्चालन गर्न सक्ने गरी जहाज ल्याउनुपर्छ । अब चीनबाट जहाज ल्याउँदा विगतमा भएका गल्ती-कमजोरी नदोहोरिने र दुई देशबीचको आपसी सहयोग जारी रहने गरी जहाज ल्याउँछौं ।

निगमको विकल्प छैन

अहिले हामीसँग निगमको विकल्प छैन । निगमसँग जहाज चलाउन सक्ने क्षमता छ । निगमले गर्न सक्छ, त्यसका लागि सुधार पक्कै पनि आवश्यक छ । हामीले दुई वर्षे कार्ययोजनामा निगमको सुधारका विषयलाई पनि समेटेका छौं ।

सुधार हामी भित्रैबाट खोज्ने हो । हामी भूपि शेरचनको कविता जस्तै अर्काले भन्दिए गर्ने, नभए नगर्ने भइदियौं । निगमको व्यवस्थापन सुधार बाहिरको कम्पनी आएमात्र हुने, नत्र नहुने भन्ने होइन । अबको व्यवस्थापन आफैंबाट सुधार गर्ने हो ।

हामीले वाइडबडी जहाज किन्ने कुरा गरिरहेका छौं । तर, अहिले भइरहेका जहाज दैनिक १२ घण्टा उडाउनुपर्नेमा ६/७ घण्टामात्र उडिरहेका छन् । त्यसो हुँदा जहाज ल्याउँदैमा निगमको सुधार हुन्छ भन्ने हाम्रो धारणा छैन । अब हामी नयाँ जहाज ल्याएको तेस्रो चौथो दिनदेखि पूर्ण क्षमतामा उड्ने ग्यारेन्टी नहुँदासम्म जहाजमात्र थप्दैनौं ।

हिजोका दिनमा निगमको जहाज हो, उड्छ कि उड्दैन भन्ने मानसिकता चिर्ने प्रयास गर्छौं । निगमको टिकट काटेपछि पक्कै जहाज उड्छ भन्ने मानसिकताको विकास गर्नेगरी सुधार कार्ययोजना ल्याउँदै छौं । हामीले निगमको हार्डवेयर-सफ्वटेर दुबै रुपान्तरण गर्छौं ।

२०२० सम्म अहिले भएका जहाजका अतिरिक्त हेलिकप्टर सहित १०/१२ जहाज थपिने छन् । यसो गर्न सकिएन भने न त निगमप्रति न्याय हुन्छ, न त जनताप्रति नै ।

वायु सेवा निगममा रणनीतिक साझेदार भित्र्याउने वा नभित्र्याउने आवश्यकताले बताउने हो । हामी लामो समयदेखि कमजोर शिथिल हुँदा त्यस्तो आवश्यकता महशुस भएको हो । हामीले रणनीतिक साझेदार ल्याउने कुरा चटक्कै छाड्न खोजेको होइन । साझेदार आउने भनेको पनि व्यवस्थापन सुधार गर्न हो, यहीँबाट व्यवस्थापन चुस्त बनाउन सकियो भने किन साझेदार चाहियो ?

विमानस्थलको सुधार

अहिले त्रिभुवन विमानस्थलको सुदृढीकरण भइरहेको छ । ठेकेदार कम्पनीको केही गैरजिम्मेवार बन्दा हामीलाई अप्ठ्यारो परिरहेको छ । यो समस्या चाँडै नै सल्टाएर काम अगाडि बढाउँछौं । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य उत्साहजनक भइरहेको छ ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि समयमै सकिएला । अहिले सबै कुरा टुंगिएर चीनसँग ऋण सम्झौता अनुमात्र बाँकी छ । बाराको निजगढस्थित प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा यस वर्ष ४ वटा कुराको टुंगो लगाउने योजना छ ।

मुआब्जाको काम तत्कालै सुरु गरी टुंगो लगाउँछौं । त्यहाँका बासिन्दालाई अन्यत्रै सारेर वरिपरि कम्पाउन्ड लगाउने काम यही वर्ष सुरु हुन्छ । त्यसपछि विमानस्थल कसरी निर्माण गर्ने भनेर लगानी बोर्डमार्फत यसको मोडालिटी तयार पार्छौं । यति भयो भने यसले एउटा आकार लिनेछ ।

सञ्चालनमा नआएका १७ वटा आन्तरिक विमानस्थलमा हवाइ सेवा सुचारु गर्ने योजना छ । नयाँ ठाउँमा सम्भाव्यता अध्ययन गरी विमानस्थल थप्ने र सम्भव नभका ठाउँमा हेलीप्याड बनाएर हवाई सञ्जालसँग जोड्ने कार्ययोजना बनेको छ । त्यस्तै, आन्तरिक विमानस्थलको स्तरोन्नति गर्ने काम पनि सँगसँगै बढाउँछौं ।

(नविन अर्यालसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?