Comments Add Comment

भोलि १ देखि ६ लटका कारले पेट्रोल पाउने (पम्पको सूचीसहित)

petrol line (14)

१२ माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा निजी चारपांग्रे निजी सवारीलाई पनि पेट्रोल वितरण गर्ने भएको छ ।

सोमबारसम्म मोटरसाइकललाई तेल बाँडेको आयल निगमले भोलि बुधबारदेखि ३ दिन लटअनुसार निजी चार चारपांग्रे कार तथा जीपलाई तेल दिन लागेको हो ।

बुधबार १ देखि ६ नम्बर लटका कारले तेल भर्न पाउनेछन् । अन्य लटका कारलाई पनि दिन बिराएर तेल दिने तयारी छ । तर, त्यसबारे कुनै निर्णय भने भएको छैन । तेलको मौज्दात हेरेर अन्य लटका कारलाई पेट्रोल दिने दिन तोकिने आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ ।

आयल निगमले थानकोट डिपोमा मौज्दात बढाउन सकेमा १५ गते शुक्रबार ६ देखि १० लट तथा १७ गते सोमबार ११ भन्दा माथिका लटका कारलाई तेल दिने तयारी गरेको छ ।

भाेलिका लागि नेपाल आयल निगमले विभिन्न पम्पहरुमा आज नै पेट्रोल दिने तयारी गरेको छ। बुधबार ५९ वटा पम्पबाट १ देखि ६ नम्बर लटका कारले तेल भर्न पाउनेछन् ।

एउटा कारले १५ लिटर पेट्रोल पाउनेछन् । तेल भर्ने सवारीको लागि नवीकरण भएको ब्लु-बुक अनिवार्य गरिएको छ ।

भोलि टेकुको नेशनल ट्रेडिङ, सानेपाको इन्द्रायणी, बसुन्धराको महालक्ष्मी र हल्चोच पम्पबाट जोर नम्बरका ट्याक्सीले समेत तेल भर्न पाउने नेपाल आयल निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।

भाेलि कुन–कुन पम्पले पेट्रोल बाँड्छन् ?

petrol-list-car-1petrol-list-car-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment