Comments Add Comment

अनौठो बिहे, दुलही आमा बनेपछि डाक्टर बने जन्ती, बच्चा भयो साक्षी

भारतको पटनास्थित दानापुरमा एक अनौठो बिहेको घटना सार्वजनिक भएको छ । उक्त विवाह अनौठो यसकारण भयो की कुमारी आमाको बिहेमा अस्पतालका डाक्टर तथा नर्सहरु जन्ती बनेका छन् भने कुमारी आमाले जन्माएको शिशुले आफ्नै बाउआमाको बिहे देखेको छ अर्थात् बाउआमाको बिहेमा साक्षी बसेको छ ।

India

दानापुर अनुमण्डलीय अस्पतालमा भर्ना भएकी पटना निवासी प्रियंकाले अस्पतालमा छोरा जन्माइन् । प्रियंकाको बिवाह भएकै थिएन, तर उनको बच्चा जन्मिसकेको थियो । प्रियंकाले रुँदै अस्पतालका नर्सहरुसँग आफ्नो प्रेमको कहानी सुनाइन् र आफ्नो प्रेमीसँगको सम्बन्धबाट गर्भ रहेको खुलासा गरिन् । त्यसपछि नर्सले प्रियंकाका प्रेमी राहुल कुमारलाई फोन गरेर उनकी प्रेमिका प्रियंकाले छोरा जन्माएको खबर सुनाइन् । राहुल पनि तत्कालै पटनास्थित अस्पतालमा पुगे र आफ्नी सुत्केरी प्रेमिका र नवजात बच्चालाई भेटे ।

यस बारेमा प्रियंका र राहुल दुबैका परिवारजनलाई जानकारी दिइयो । अस्पताल प्रशासनले पि्रयंका र राहुलको औपचारिक बिहे गरिदिने सोँच बनायो । सुरुमा दुबैका अभिभावकले यो सम्बन्ध तथा बिहे अस्विकार गरे । बाउआमाले अस्विकार गरेपछि उनीहरु दुबैका हजुरआमाहरुले स्विकृति दिएपछि अस्पताल प्रशासनले नजिकैको मन्दिरमा लगेर पि्रयंका र राहुलको बिहे गरिदियो विधि विधान पूर्वक ।

उक्त विवाह समारोहमा जन्तीको रुपमा अस्पतालका चिकित्सकहरु, जिल्लास्थित नेताहरु लगायतका कतिपय गन्यमान्य मानिसहरु समेत उपस्थित भए । विवाहपछि प्रियंकालाई लिएर राहुल आफ्नो घर गएका छन् । दुबैजनाले सँगै जिउने, सँगै मर्ने कसम खाएका छन् । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment