Comments Add Comment

शिल्पा शरणार्थी बन्दा करिश्मा नेतृ, ‘फागू’को के होला ?

shilpa-and-karishma-
यतिबेला चलचित्रकर्मीलाई राजनीतिको नशाले छोएको छ । यही भिडमा नायिका करिश्मा मानन्धर पनि प्रवेश गरेकी छिन् । करिश्मा राजनीतिमा प्रवेश गर्दै गर्दा विभिन्न खालका टिप्पणी त भैरहेको छ नै । तर, पनि करिश्मा आफू स्पष्ट भिजन लिएर राजनीतिमा होमिएको बताउँछिन् ।

नायिका करिश्मा मानन्धर राजनीतिमा प्रवेश गर्दै गर्दा उनले निर्माण गरेको चलचित्र ‘फागू’ प्रदर्शनको तयारीमा छ । फागून ७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको प्रचार भन्दा करिश्माको राजनीतिक यात्राको चर्चा धेरै भैरहेको छ । यता, निर्मात्री मानन्धर राजनीतिमा होमिदा उनको चलचित्रकी नायिका शिल्पा पोख्रेल भने नयाँ चलचित्रको छायांकनमा व्यस्त छिन् ।

शिल्पा चलचित्र ‘हामी शरणार्थी’को छायांकनमा व्यस्त छिन् । विगत २ सातादेखि शिल्पा पाल्पा र इलाममा यसको छायांकन गरिरहेकी छिन् । शिल्पा अर्को चलचित्रमा व्यस्त हुनु, करिश्मा नयाँ शक्तिमा व्यस्त हुनुले ‘फागू’लाई असर पर्छ कि भन्ने टिप्पणी पनि भैरहेको छ ।

यो चलचित्र करिश्मा र शिल्पा दुबैका लागि विशेष छ । कारण, करिश्माले एक दशकपछि चलचित्रमा लगानी गरेकी छिन् । शिल्पा पहिलो पटक निर्माता छविराज ओझाको ब्यानर भन्दा बाहिर काम गरिरहेकी छिन् । चलचित्र ‘बाबु साहेब’ असफल भएपछि करिश्मा अमेरिका हानिएकी थिइन् । यसपछि उनी करिब ९ बर्ष अमेरिका बसेर नेपाल आइन् र चलचित्र निर्माण गरिन् ।

संझना रौनियारले निर्देशन गरेको यो चलचित्रले शिल्पा पोख्रेललाई नै हाइलाइट गरेको छ । शिल्पा भने चलचित्रको अधिकांश प्रचारमा हिड्न नसक्ने देखिएको छ । निर्देशक रौनियार शिल्पाको अन्र्तवार्ता लिन ‘हामी शरणार्थी’को छायांकनमा नै पुगेर फर्किएकी छिन् ।

निर्देशक संझना रौनियार भने आफ्नो फिल्मको कथावस्तु उत्कृष्ट रहेको बताउँछिन् । करिश्माको राजनीतिक यात्रा उनको व्यक्तिगत कुरा भएको संझनाको भनाई छ । कलाकारको व्यस्तता र करिश्माको राजनीतिक यात्राले फागूलाई असर नपर्ने संझनाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment