+
+

सोनाक्षीलाई पूर्वप्रेमीले भने ‘अब बिहे गरौं’

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १४ गते १४:५७

Sonakshi-and-Bunty

मुम्बई । अभिनेत्री सोनाक्षी सिन्हालाई पूर्व प्रेमी बन्टी सचदेवले विवाहका लागि प्रस्ताव गरेका छन् । सोनाक्षी बलिउडमा प्रवेश गर्नै लाग्दा बन्टीसंग डेटिङमा थिइन् ।

पछि सोनाक्षी फिल्ममा ब्यस्त हुन थालेपछि बण्टीलाई समय दिन सकिनन् । उनीहरुविच दुरी बढ्नुको कारण त्यहि नै थियो ।

केही दिन अघि मात्रै मुम्बइमा आयोजित एक बैबाहिक कार्यक्रममा उनीहरुको भेट भएको थियो । सोही कार्यक्रममा उनीहरुले घण्टौं कुरा गरेका थिए ।

त्यसो त सोनाक्षीको नाम साहिद कपुर, अर्जुन कपुर लगायतका नायकसँग पनि नजोडिएको हैन । कुनै वेला बण्टीसँग उनको सम्बन्ध गाढा भएकाले पनि वेला वेलामा चर्चा हुन्छ ।

बण्टी सिमा सचदेवका भाई हुन् भने सोहेल खानका साला । उनी सेलीब्रेटी मेनेजरका काम गर्छन् । श्रीमतिसंग सम्बन्ध विच्छेद गरेका बण्टी यसअघि सुस्मिता सेन र नेहा धुपियासंग पनि डेटिङमा रमाएका थिए ।

अहिले बण्टिले राखेको प्रस्ताब सोनाक्षीले मान्छिन् मान्दिनन् थाह छैन । सोनाक्षीले अन्य पुरुषसंग पनि हिमचिम बढाएको यथार्थ भने भुल्न सकिदैन । सोनाक्षीलाई जीवन जीउन साथ दिन्छु भन्नेहरु यस्ता थिए ।

रणबीर सिंहः सबै भन्दा पहिला सोनाक्षीको नाम रणबीर सिंहसँग जोडिएको थियो । हिन्दी फिल्म ‘लुटेरा’को सुटिङको क्रममा दुबै नजिक भएका थिए । यति सम्मकि रणबीर- अनुष्काको ब्रेकअपमा पनि सोनाक्षीको हात थियो ।

शाहिद कपुरः ‘आर राजकुमार’ को सुटिङको क्रममा सोनाक्षी साहिदसंग नजिकिएकी थिईन् । तर, दुबैले आफुहरु विच सम्बन्ध रहेको कुरा खण्डन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?