+
+

रेमल चक्रवातबाट भारत र बंगलादेशमा कम्तीमा १६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते ७:४१

१५ जेठ, काठमाडौं । रेमल चक्रवातले भारत र दक्षिणी बंगलादेशको तटीय क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । जसमा बंगलादेशका १० र भारतका ६ जना छन् ।

रेमल प्रभावित क्षेत्र बंगलादेशका विपद्‌मन्त्री मोहिबुर रहमानले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चक्रवातले कोही डुबेर र कोही घर भत्किँदा त्यसमुनी परेर मरे ।’

चक्रवातबाट बालबालिकासहित ८४ लाख मानिस प्रभावित भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार भारत र दक्षिणी बंगलादेशको तटीय क्षेत्रमा ११० किलोमिटर प्रति घण्टाको तीव्र आँधी, भारी वर्षा र ज्वारभाटा आएको थियो । भारी वर्षाका कारण तल्लो तटीय क्षेत्र पूरै डुबानमा परेका छन् ।

रेमल चक्रवातले स्थानीयका हजारौं घरमा पनि ठूलो क्षति पुर्‍याएको छ । आँधीले स्थानीयका टिनका छाना उडाइदिएको छ भने माटोले बनेका घरहरु पनि भत्काइदिएको छ । बीबीसीका अनुसार आँधीले रुख र बिजुली पोलमा पनि ठूलो क्षति पुगेको छ ।

समाचार एजेन्सी रोयटर्सका बंगलादेशमा रेमल चक्रवातअघि नै सम्भावित जोखिमलाई ध्यानमा राखेर ३० लाख मान्छेले बिजुली बन्द गरेका थिए । यता पश्चिम बंगालमा पनि कम्तीमा १ हजार २ सय बिजुलीका पोल उखेलिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?