Comments Add Comment

नयाँ शक्तिमा प्रस्तावः सूचना प्रविधिको अत्यधिक प्रयोग गरौं

१५ माघ, काठमाडौं । नयाँ शक्ति नेपालको अन्तरिम परिषदको बैठकमा सूचना प्रविधिको अत्यधिक प्रयोग गर्नुपर्ने प्रस्ताव पेश भएको छ । अहिलेको युग सूचना प्रविधिको युग भएकाले पार्टी र संगठनका गतिविधि प्रचार प्रसारका लागि सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने प्रस्ताव गरिएको हो ।

Khimlal-Devkota
खिमलाल देवकोटा

नयाँ शक्ति नेपालको अन्तरिम परिषदको गत बुधबार बसेको पहिलो बैठकले कार्यालय व्यवस्थापन, संगठनात्मक संरचना, आर्थिक व्यवस्थापन र प्रचार प्रसार नीतिबारे गृहकार्य गर्न चारवटा कार्यदल गठन गरेको थियो । ति चारैवटा कार्यदलले आ-आफ्नो प्रतिवेदन शुक्रबारको बैठकमा पेश गरेका छन् ।

कार्यालय व्यवस्थापन कार्यदलले सूचना प्रविधिको अत्यधिक उपयोग गरी पार्टीका सबै गतिविधि र सूचना वेभसाइटमार्फत थाहा पाउन सकिने व्यवस्था गर्न सुझाव दिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

बैठकले चारवटै कार्यदलका प्रतिवेदनहरुलाई सुझावसहित पारित गर्ने निर्णयसमेत गरेको छ । प्रतिवेदनमाथि सुझाव दिन सदस्यहरुलाई माघ २३ गतेसम्मको समय दिइएको छ । सदस्यहरुलाई इमेलमार्फत सुझाव दिन भनिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

२३ गते बस्ने परिषदको अर्को बैठकले चार वटा कार्यदलले पेश गरेका प्रतिवेदनलाई अन्तिम रुप दिने बताइएको छ ।

नेताहरु देवेन्द्र पौडेल, रामचन्द्र झा, पासाङ शेर्पा, महेन्द्र पासवान, नवराज सुवेदी, कल्पना धमला र तिलक थापा रहेको संगठन संरचना सम्बन्धी कार्यदलले पार्टीमा विभिन्न्ा विभागहरु गठन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment