 १८ माघ, काठमाडौं । सरकारले एक बर्षभित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्याएको छ ।
१८ माघ, काठमाडौं । सरकारले एक बर्षभित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्याएको छ ।
प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
‘यसअघि सातामा ८३ घण्टा हुँदै आएको लोडसेडिङ ९१ घण्टा पुर्याउन बाध्य भएका छौं,’ नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने ।
प्राधिकरणका अनुसार हाल विद्युतको माग १३ सय मेगावाट भए पनि भारतबाट आयात गरेको समेत जोडेर नेपालमा ५ सय मेगावाट मात्रै बिजुली छ । माग भन्दा झण्डै ८ सय मेगावाट बिजुली अभाव भएकाले लोडसेडिङ बढाउनु परेको क्षेत्रीले तर्क गरे ।
हेर्नुस् लोडसेडिङ तालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4