+
+

‘सुखानी साहदत’ नाममा बन्यो चलचित्र, संचारमन्त्रीले गरे अडियो बिमोचन

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १८ गते ११:०६

sukhani-sahadat-bimochan
तात्कालिन पञ्चायती शासन बिरुद्ध आन्दोलन गर्दा राज्यपक्षको शिकार भएर झापाको सुखानीमा साहदत प्राप्त गरेकाहरुको कथालाई अब चलचित्रमा देख्न पाईने भएको छ ।
दीपेन्द्र दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘सुखानी साहदत’को प्रचार सामग्री र गीत आइतबार काठमाण्डौमा लोकार्पण गरिएको छ ।

सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राइले ‘सुखानी साहदत’का गीति एल्मब र पोष्टर बिमोचन गर्दै भने,-‘हिजोका जहानिय शासन, पाञ्चायत शासन बिरुद्ध साहदत प्राप्त गर्नु भएका तिनै सहीदहरुको योगदानका कारण आज हामीले गणतन्त्र र नयाँ सँविधान पाएका हौं । अब हामीले ती सहीदहरुको सपना साकार गर्नु पर्ने छ ।’

सुखानीमा पाँच व्यक्तिले साहदत प्राप्त गरेको दिन फागुन २१ गते यो चलचित्रको राजधानी र मोफसलका केही हलमा विशेष प्रदर्शनी गरिने निर्देशक दीपेन्द्र दाहालले जानकारी गराए । यो चलचित्रमा तीन वटा गीत छन् । निर्देशक दाहालले लेखेको यो गीतमा जुगल डँगोलको संगीत र राजेश पायल राई, निशा देशार, केञ्जुमा सुब्बा, रामकृष्ण दुवाल, सानुबाबु महर्जनको स्वर छ ।

माधव पौडेल र कविता आले मगरले निर्माण गरेको चलचित्रमा उपेन्द्र तिमिल्सिना, शुशिल पोखरेल, अञ्जु निरौला, प्रकाश धिताल, कविता आले, इश्वर बल्लभ जोशी, सुदीप कुँवर, लक्ष्मी चौधरीको अभिनय छ । रत्न कार्कीको छायांकन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, गोबिन्द प्रभातको नृत्य निर्देशन रहेको यो चलचित्र आगामी बैशाखमा प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?