Comments Add Comment

कतारमा ‘भ्यालेन्टाइन डे’को अवसरमा लाइभ कन्सर्ट हुँदै

घनश्याम पराजुली (कृष्ण)
दोहा । प्रेम प्रणय दिवसको दिन अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर कतारमा आगामी १२ फेव्रुअरीका दिन एलजी नाइट लाइभ कन्सर्ट हुने भएको छ । कतारमा पहिलोपटक स्थापना भएको म्युजिक व्याण्ड संघर्ष व्याण्डले भ्यालेन्टाइन डेको अवसर पारेर लाइभ कन्सर्ट गर्न लागेको आयोजक उत्तम गुरुङ्गले जानकारी दिए ।

sangarsha band(1)एलजी नाइट लाइभ कन्सर्टको तयारीमा जुटिरहेका गुरुङले कार्यक्रममा नेपालबाट पप गायिका तृष्णा गुरुङ कतार आउने जानकारी दिएका छन् । गायिका तृष्णाको ‘खनी हो यामु ए कान्छा’ बोलको गीतले निकै चर्चा कमाउन सफल भएको थियो ।

नयाँ पुस्ताका युवाहरु माझ चर्चित हुँदै गएकी गायिका तृष्णाले कतारमा प्रस्तुत गर्ने दुईवटा गीतमा संघर्ष व्याण्डको लाइभ म्युजिक रहने छ । कार्यक्रम दोहाको नज्मास्थित सालिमार प्यालेसमा शुक्रबार दिउँसो ४ बजेबाट कार्यक्रम शुरु हुने छ ।

कतारमा रकपप गायनमा आफ्नो छुट्टै पहिचान बनाइसकेको संघर्ष व्याण्डले नेपाली र हिन्दी गीत मार्फत भ्यालेन्टाइन डेमा युवायुवतीहरुलाई मनोरन्जन प्रदान गर्ने छ । कार्यक्रममा दर्शकहरुको मनोरन्जनका लागि कडा मेहेनत गरिरहेको संघर्ष व्याण्डका गायक सन्तोष परियारले बताएका छन् । अघिल्लो बर्ष जस्तै यो बर्ष पनि भ्यालेन्टाइन डेमा संघर्ष व्याण्डको प्रस्तुति रहने छ ।  भ्यालेन्टाइन डेमा संघर्ष व्याण्डले लाइभ कन्सर्टलाई निरन्तरता दिने सन्तोष बताउँछन् ।

अनाथ आश्रमलाई सहयोग

संघर्ष व्याण्डको सम्वन्यमा काठमाडौंमा रहेको घर आँगन अनाथ आश्रममा सहयोग गर्ने उद्देश्यका साथ कन्सर्ट गर्न लागिएको हो । उक्त संस्थामा १० जना बालबालिकालाई  आश्रय दिइएको छ । आगामी दिनमा संघर्ष व्याण्डले कतारमा सहभागी हुने हरेक कार्यक्रमबाट प्राप्त आम्दानीको केही प्रतिशत रकम उक्त संस्थालाई  सहयोग गर्ने सन्तोषले बताएका छन । संस्थाका अध्यक्षमा दिपक सिलवाल हुन् ।

कार्यक्रममा कतारमा छोटो समयमा राम्रै चर्चा कमाउन सफल यूएण्ड आई डान्स ट्रुपको नृत्य प्रस्तुति रहने छ । त्यस्तै कार्यक्रममा चितवन आइडलका रनरअप तथा आधुनिक गायक नवराज श्रेष्ठ, गायकहरु नरेन खड्का, दामोदर न्यौपाने, सारुक सुन्दास, सुवास रामदाम र मधु लामा, नृत्याङ्गना यशोधा बस्नेत र सृजना गुरुङ्गको प्रस्तुति रहने छ ।

कार्यक्रमलाई लोकदोहोरी गायिका देबिका केसीले सन्चालन गर्ने भएकी छन् । उत्तम गुरुङ्गले आयोजना गरेको लाइभ कन्सर्टलाई जिवन र जोन थापा मुख्य प्रायोजक रहेका छन् । कार्यक्रमलाई सचिन कार्की, कुमार रेग्मी, प्रविन कोनमे गुरुङ्ग, पि्रतम थापा मगर, प्रदिप क्षेत्री र लाल भट्टले प्रायोजन गरेका छन् । कार्यक्रमका लागि प्रवेश शुल्क कतारि रियाल १ सय र पचास राखिएको छ ।

प्रेम अर्थात् प्रणय दिवसको दिन अर्थात भ्यालेन्टाइन डेलाई बिशेष गरी पश्चिमी संस्कार मनिएता पनि केही बर्षयता नेपालमा यसलाई बिशेष प्राथमिकताका साथ मनाउँदै आइएको छ । विश्वभरका युवायुवती एकै साथ विशेष हर्सोल्लासका साथ मनाउने यस दिनलाई एकआपसमा प्रेम साटासाट गर्ने परम्पराको रुपमा लिईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment