Comments Add Comment

हनुमानढोका आउने पर्यटक घटे

१९ माघ, काठमाडौं । राजधानीको मुख्य पर्यटकीय स्थल  हनुमान ढोका दरबार क्षेत्रमा भूकम्प र नाकाबन्दीपछि पर्यटक आगमनमा कमी आएको छ ।

गत वैशाखमा गएको विनाशकारी भूकम्प र असोज महिनाको जारी नाकाबन्दीले गर्दा अहिले दरबार क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्या दैनिक ३०० ले घटेको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रममा प्रमुख नरेन्द्र विलास बज्राचार्यका अनुसार पछिल्लो समय पर्यटकको सङ्ख्या तुलनात्मक रुपमा वृद्धि भए पनि विगत वर्षको तुलनामा ठूलो कमी आएको छ ।

 यसले गर्दा दरबार क्षेत्रले ठूलो आम्दानीसमेत गुमाउन परिरहेको छ । बज्राचार्यका अनुसार नेपालमा फेरि पनि ठूलो भूकम्प आउँछ भन्ने हल्लाले पनि आउने तयारीमा रहेका कतिपय पर्यटक आउन चाहेका छैनन् ।

हाल दैनिक सरदर २०० जना पर्यटकले मात्रै हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गर्ने गरेका छन् । उनीहरुबाट प्रवेश शुल्क बापत दैनिक रु दुई लाख मात्र आम्दानी हुन्छ ।

गत आवको यही अवधिमा दैनिक ५०० पर्यटक आएका थिए । गत आवमा दुई लाख चार हजार ८९३ जना दरबार क्षेत्रमा आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख तीन हजार उठेको थियो ।

यस आवको सुरुदेखि अहिलेसम्म तीन करोड १६ लाख ६२ हजार मात्र उठ्न सकेको छ । हनुमान ढोकाको अवलोकनका लागि सार्क राष्ट्रका पाहुनाका लागि रु १५० र अन्य देशका नागरिकका लागि रु एक हजार निर्धारण गरिएको छ ।

त्यसैगरी, पाटन सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेका अनुसार गत आवको यस अवधिमा पाटन सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटक दैनिक १०० हुने गर्थे । अहिले  दैनिक ४० जना मात्र पर्यटक आउने गरेका छन् ।

गत आवमा सङ्ग्रहालयले रु ५८ लाख ६३ हजार आम्दानी गरेको थियो । यस वर्ष आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएकाले आम्दानी घट्ने निश्चित छ । पाटन सङ्ग्रहालय प्रवेश गर्न नेपालीको लागि रु ३०, सार्क राष्ट्रको नागरिकका लागि रु २५० र अन्य मुलुकको पर्यटकका लागि रु ४०० निर्धारण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment