+
+

२२ उपसचिव सहसचिवमा बढुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २० गते १९:२६

२० माघ, काठमाडौं । सरकारले २२ उपसचिवहरुलाई सहसचिवमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगको सिफारिसअनुसार महालेखा परीक्षकका सुवर्णप्रसाद ढकालसहित २२ जना निजामति कर्मचारीलाई सहसचिवमा बढुवा गरेको हो ।

हेर्नुस् सहसचिवमा बढुवा भएकाहरुको सूची

Sahasachib-Badhuwaसेना पनि बढुवा

यसैगरी मन्त्रिपरिषद बैठकले महासेनानीहरु सञ्जयसिंह भण्डारी, पदमकुमार आङदम्बे र जितबहादुर गुरुङलाई सहायक रथीमा बढुवा गरेको छ । यस्तै ताराविक्रम शाह, राजेन्द्र कार्की, राजु बस्नेत लगायतका पाँच जना सहायक रथीलाई सरुवा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले चीनको सिचुवान प्रान्तमा महावाणिज्यदूतावास स्थापनार्थ चीनको सहमति लिनका लागि अनुरोध गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले सञ्चार नीतिको मस्यौदा बनाउन तीन सदस्यीय समिति पनि गठन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?