+
+

समाजवादी फोरममा चर्कियो विवाद

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २१ गते ६:१२

Upendra-Yadav२१ माघ, काठमाडौं । राज्यका सबै अंग र तहमा समानुपातिक समावेशी सिद्धान्तको नीति अुनसार सबै जातजाति वकालत गर्दै आएको संघीय समाजवादी फोरम नेपाल आफैँले पार्टीभित्र भने यो सिद्धान्त लागू गरेको छैन् ।

एकीकरणपश्चात् पार्टी नेत्तृवले समानुपातिक समाबेशी नीति अंगीकार नगरेपछि हाल समाजवादी फोरमभित्रको आन्तरिक विवाद चुलिएको आजको राजधानी दैनिकमा समाचार छ ।

गत ३२  जेठमा संघीय समाजवादी पार्टी नेपाल, मधेसी जन अधिकारफोरम नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबिच एकीकरण भएको थियो ।

तर, पार्टी एकीकरणपछि नेतृत्वले पार्टीभित्र समानुपातिक समावेशी नीति लागू गर्नुको साटो विधानबाटै समानुपातिक समावेशी शब्द हटाएपति सोही बेलादेखि सुरु भएको विवाद हाल चुलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?