Comments Add Comment

जूलियन असान्जले बेलायती पुलिससामू आत्मसमर्पण गर्न सक्ने

Julian-Assange

२१ माघ, काठमाडौं । विकीलीक्सका संस्थापक जूलियन असान्जले बेलायती पुलिससामू आत्मसमर्पण गर्न सक्ने अनुमान गरिएको छ ।

उनले बिहीबार विकीलीक्सको ट्वीटर अकाउन्टमा लेखेका छन्, यदि संयुक्त राष्ट्रसंघले बि्रटेन र स्विडेनविरुद्धको मुद्धा हारेेको घोषणा गर्छ भने म बेलायती पुलिससामू आत्मसमर्पण गर्छु । किनकी यो विषयमा अपील गर्नुको कुनै अर्थ छैन ।’

उनले अर्को ट्वीट गरेका छन्, जबकी यदि सरकारी पक्ष गलत साबित हुन्छ भने अपेक्षा गर्छु कि मेरो पासपोर्ट तुरुन्त फिर्ता हुनेछ र भविश्यमा मेरो गिरफ्तारीको प्रयास गरिने छैन ।’

संयुक्त राष्ट्रसंघको ‘वर्किङ ग्रुप अन अरबिट्ररी डिटेन्सन’ले शुक्रबार जूलियन असान्जको विषयमा आफ्नो छनबिनको निष्कर्ष सार्वजनिक गर्ने तयारी गरेको छ ।

२०१४ मा उनले राष्ट्रसंघमा उजुरी गरेका थिए र उनी स्वच्छिक हिरासतमा राखिएको छ ।

जूलियन असान्जले जुन २०१२ मा लन्डनस्थित इक्वेडरको दूताबासमा शरण लिएका थिए । उनीमाथि यौन शोषणको आरोप छ । तर, उनले अस्वीकार गर्दै आएका छन् ।

स्वीडेनमा युरोपीय गिरफ्तारी वारेन्टका आधारमा अष्ट्रेलियाली मुलका असान्जलाई लण्डनमा २०१२ मा पक्राउ गरिएको थियो । २०१२ मा उनले इक्वेडरको शरणमा दिन अपील गरे । र, त्यो लण्डनस्थित दूताबासले स्वीकार समेत गर्‍यो ।

उनलाई डर थियो कि स्विडेन सुपुर्दगी गरिए अमेरिकालाई बुझाउनेछ । जहाँ उनीमाथि गोप्य सरकारी कागज पत्रहरु लिक गरेको आरोपमा मुद्दा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment