Comments Add Comment

बाघको आक्रमणमा महिला गम्भीर

२२ माघ, चितवन । पश्चिम चितवनको नारायणी नगरपालिका–११ स्थित कृष्णचोकमा बाघको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । 

नारायणी नगरपालिकास्थित जगतपुरमा घाँस काट्न जानेक्रममा नजिकै रहेको झाडीबाट एक्कासि बाघ निस्किएर उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

बाघको आक्रमणमा परी गम्भीर घाइते हुनेमा स्थानीयवासी ५८ वर्षीया मिठु विक रहेकी छन् । उनको टाउकोमा चोट लागेकाले अहिले कलेज अफ मेडिकल साइन्स, भरतपुरमा उपचार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment