Comments Add Comment

चुलबुले सारा अली खानको तात्तातो फोटो

बलिउड स्टार किड्समा अहिले सारा अली खान लाइमलाइटमा छिन् । त्यसो त उनको बलिउड इन्ट्री नै धमकेदार रह्यो । ‘केदारनाथ’ र ‘सिम्बा’ जस्तो फिल्मबाट बलिउडमा छलाङ मारेकी साराले हालै हट फोटोशुट गराएकी छिन् ।

सैफ अली खान पुत्री साराले यस्तो फोटोशुट ‘भोग इन्डिया’ म्यागजिनका लागि खिचाएकी हुन् । उनले उक्त म्यागजिनको अपि्रल अंकाको लागि फोटोशुट गराएकी हुन् । यी फोटोमा सारा अली खानले समुन्द्री किनारलाई पृष्टभूमीमा राखेर थरीथरीका पोज दिएकी छिन् ।

भोग इन्डियाले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा सारा अली खानको यी फोटोशुटको फोटो शेयर गरेको छ ।

पटौदी खानदानकी यी राजकुमारी खुब आकर्षक देखिएकी छिन् । यस म्यागजिनको कभर पेजको कुरा गर्ने हो भने, त्यसमा सारा रातो र सेतो रंगको लुइस विटनको छोटो पहिरनमा ठाँटिएकी छिन् ।

भनिहालौं, साराले केही समयअघि मात्र ‘केदारनाथ’ फिल्मका लागि फिल्मफेयर डेब्यु अवार्ड हात पारिन् । सैफ अली र अमृता सिंहकी छोरी साराले भर्खरै किशोरवय पार गरेकी हुन् । अहिले उनी २३ बर्षकी भइन् । पाँच फिट चार इन्च अग्ली सारा चुलबुले छिन् । यद्यपी करियरप्रति उत्तिकै सचेत पनि ।

‘द कपिल शर्मा सो’मा निर्देशक रोहित सेट्ठीले साराको प्रसंगमा भनेका थिए, ‘उनी मेरो अफिसमा हात जोडेर काम गर्न दिनुहोस् भन्दै आएकी थिइन् । सैफ अली खानकी छोरी, त्यसमाथि त्यस्तो पारिवारिक पृष्टभूमीबाट आएकी । उनी वास्तवमा कामप्रति निकै लगाव राख्ने र समर्पित थिइन् ।’ रोहितले सारालाई ‘सिम्बा’मा मौका दिइन्, जहाँ रणवीर सिंहसँग उनले स्क्रिन शेयर गरेकी थिइन् ।

पछिल्लो समय सारा अली खान र जान्ह्वी कपूरलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा हेर्ने गरिएको छ । यद्यपी उनीहरु आपसमा मिल्ने साथी हुन् । फिल्ममा आउनुअघि दुबै कहिले वर्कआउटमा त कहिले कहाँ एकसाथ देखापर्थे ।

अतः साराले भोग इन्डियाका लागि कस्ता फोटोशुट गराइन् त ?

गिल्टर शाइनी लुक

भनिहालौ, यस फोटोशुटको एउटा तस्वीरमा सारा गोल्डेन कलरको गिल्टर पहिरनमा देखिएकी छिन् । उनले आफ्नो कपाल खुला छाडेकी छिन् ।

सिजलिंग इन ब्ल्याक

यसका साथै अर्को तस्वीरमा उनले ब्ल्याक लेयर्ड स्कर्टका साथ ब्रा लेट र ज्याकेट लगाएकी छिन् । यस फोटोमा उनी निकै सेक्सी देखिएकी छिन् । साराको स्टायलिङ पि्रयंका कपाडियाले गरेकी हुन् ।

बिच बेवी

एउटा तस्वीरमा सारा समुन्द्री किनारमा देखिएकी छिन् । त्यसमा उनी एकदम कुल लुक्समा प्रस्तुत भएकी छिन् । उक्त तस्वीरमा उनले पल्जिंग नेकलाइनका साथसाथै थाई हाइ स्कर्ट लगाएकी छिन् । साराको यी सबै अलग अलग एंगलबाट लिइएको तस्वीरमा उनी निकै आकर्षक देखिएकी छिन् ।

बिच लुक

समुन्द्री किनारमा सारा अलग अलग लुकमा प्रस्तुत भएकी छिन् । एक अर्को तस्वीरमा सारा विकिनी पहिरनमा पनि देखिएकी छिन् । यसमा सारा निकै हट देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment