Comments Add Comment

ललितपुर प्रहरी प्रमुख अधिकारी हेडक्वाटर तानिए

२२ माघ, काठमाडौं । ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीलाई प्रधान कार्यालय तानिएको छ ।

Pitamber-Adhakariमुद्धा फाँटका डीएसपी दयानिधि ज्ञवाली सहितका तीन प्रहरी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

प्रहरीहरु घुस लिएको आरोपमा पक्राउ गर्ने क्रम बढेपछि प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले शुक्रबार उपत्यकाका प्रहरी प्रमुखहरुलाई बोलाएका थिए ।

केही व्यक्तिले गर्दा संगठनलाई नै बदनाम हुनसक्ने भन्दै उनले मातहतका कर्मचारीले गरेको गल्तीको जिम्मा सुपरभाइजरले लिनु पर्ने बताए ।

लगतै एसएसीपी अधिकारीलाई हेडक्वाटर तानिएको प्रहरी स्रोतले बताएको छ । उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment