Comments Add Comment

मलाई सहने बानी परिसकेको छ : अञ्जु पन्त

गायिका अन्जु पन्त हिन्दू धर्म त्यागेर क्रिश्चियन धर्म अंगालेयता बारम्बार विवादमा मुछिँदै आएकी छन् । पछिल्लोपटक हिजो मात्रै उनको एउटा पुरानो फोटो भाइरल गराइयो र दाबी गरियो कि उनी राहत वितरणका नाममा बाइबल बोकेर हुरी प्रभावित बारा जिल्लामा जाँदैछिन् ।

तर उक्त फोटो अर्कै पुरानो र अर्कै प्रसंगको भएको तथ्य बाहिर आएपछि अञ्जुका आलोचकहरुको मुख बन्द भएको छ । यसैबीच, अञ्जुले फेसबुकमा आज एउटा स्टाटस लेखेर आफू अविचलिति समाजसेवामा लागिरहने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘बेलाबेलामा ममाथि यस्ता आरोपहरु लागिरहन्छन् । मलाई सहने बानी परिसकेको छ । म अविचलित समाजसेवामा लागिरहने छु ।’

अन्जु पन्त फाउन्डेसन स्थापना गरेर आफूले समाजसेवाको गतिविधि गरिरहेको अञ्जु बताउँछिन् । उनले गत डिसेम्बरमा बारामा भएको स्कुलमा बालबालिकाहरुलाई स्कुल ब्याग तथा कापीकलम वितरण गर्न जाने बेलाको फोटो अहिले भाइरल बनेको हो ।

अञ्जुले आँधु हुरी प्रभावित क्षेत्रमा त्रिपाल, झूल, म्याटलगायतका करिब २ लाखको सहयोग तत्काल पठाउने जानकारी गराएकी छन् । साथै बारामै बाढीले घरबारविहीन ३५ परिवारका लागि भवन निर्माण गर्ने काम पनि तयारी गरिरहेको बताएकी छन् ।

केही समय अगाडि अञ्जु एउटा नेपाली भजन गाउन नमानेको भनेर विवादमा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment