Comments Add Comment

नेपाल र चीनका राजदूतको अबुधाबीमा शिष्टाचार भेटवार्ता

युएई । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र चिनियाँ राजदूत चाङ हाउबीच बुधबार शिष्टाचार भेटघाट भएको छ । चिनियाँ दूतावासको कार्यालय आबुधाबीमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

चीन र युएई तथा नेपाल र चीनबीचको व्यापार व्यवसायका बारेमा दुवै देशका राजदूतले एकआपसमा जानकारी राखेको दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् ।

भेटमा राजदूत ढकालले नेपालको पर्यटन र आर्थिक विकासमा चीनले गर्दै आएको सहयोग बारे जानकारी गराएका थिए ।

यस्तै चिनियाँ राजदूत हाउले युएई र चीनको व्यापार साझेदारीका बारेमा जानकारी गराए । उनले २ लाख चिनियाँ नागरिक युएईमा कार्यरत रहेको र यहाँ कार्यरत अधिकांश चिनियाँ नागरिक व्यवसायमा आवद्ध रहेको बताए ।

राजदूत हाउले चीनले खाडी राष्ट्रमा साउदीपछि युएईमा ठूलो मात्रामा व्यापार व्यवसाय गर्दै आएको राजदूत ढकाललाई जानकारी गराए ।

छलफलमा नेपाली दूतावासको तर्फबाट राजदूत ढकाल र द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारी सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment