Comments Add Comment

सैनिक जवान चढेको माइक्रोबस दुर्घटना, ९ को मृत्यु

२३ माघ, काठमाडौं । नुवाकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा ९ जनाको मृृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै गरेको बा १ ज ७५ ८३ नम्बरको माइक्रो सडकबाट झण्डै ३ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ककनीका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार माइकोसमा विदुरस्थित सैन्य तालिम केन्द्रमा तालिमरत सिपाइहरु थिए ।

दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेल, त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र पदम राईको नाम खुलेको छ । बाँकी मृतकको सनाखत हुननसकेको छैन ।

दुर्घटनास्थलमा आठ जना र एक जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । घाइते पाँच जनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ ।

दश जना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment