+
+

नाकाबन्दीले १ खर्बको व्यापार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २४ गते ६:४०

Bhansar-Birganj२४ माघ काठमाडौं । भारतले गरेको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण चालू आर्थिक वर्षका ६ महिनामा वैदेशिक व्यापारको परिणाम १ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ । निर्यातको तुलनामा आयात बढी प्रभावित भएको कारोबार दैनिकमा समाचार छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म भारत र तेस्रो मुलुकबाट हुने सामान आयात २६ प्रतिशत (१ खर्ब २ करोड रुपैयाँ) घटेको छ ।

अघिल्लो वर्षको यही अबधिमा ३ खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँ  रहेको आयात व्यापार यो वर्ष घटेर २ खर्ब ७७ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ ।  आयातबाट हुने राजस्व २५ अर्ब ८५ करोड रुपैयाँ गुमेको छ । गत वर्ष ८८ अर्ब ९ करोड उठेकोमा यो वर्ष ६२ खर्ब २३ करोडमात्र संकलन भएको छ ।

अन्य नाका खुलेपनि ५१ प्रतिशतभन्दा बढी व्यापार हुने रक्सौल नाका ठप्प रहेकाले व्यापार राजस्वमा ठूलो असर परेको हो । सवैभन्दा बढी पेट्रोलियम आयत ५९ प्रतिशत घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?