Comments Add Comment

सुशील कोईरालाको गृह जिल्लामा कोषाध्यक्ष खोज्दै उम्मेदवारहरु !

आरपी सुवेदी

२४ माघ, नेपालगन्ज । नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जिल्ला तहमा अधिवेशन जारी रहँदा पार्टीका सभापति सुशील कोईरालाको गृह जिल्लामा नेतृत्वका लागि उम्मेद्वारी दिएकाहरु आ-आफ्नो प्यानल तयार गर्न व्यस्त छन् ।

Congress-Flagसंस्थापन पक्षबाट सभापतिका लागि उम्मेद्वारी दिएका चार जनाले आ-आफ्नो प्यानलमा अन्य पदाधिकारीको टुंगो लगाउन सकेका छैनन् । निर्वाचनको २४ घण्टाभन्दा कम समय बाँकी रहँदा चारैजना उम्मेद्वारले सचिवको उम्मेद्वार तय गरेपनि कोषाध्यक्ष भेटेका छैनन् ।

बाँकेमा सभापति पदमा दावेदारी दिँदै चुनावी मैदानमा उत्रिएका लक्ष्मी नारायण शाह, किरण कोइराला, नारायण गौडेल र निरञ्जन सिंह सिजापती आ-आफ्नो प्यानलको खडा गर्ने अन्तिम तयारीमा छन् । सभापतिमा उम्मेद्वारी दिएका चारैजना संस्थापन पक्षका हुन् ।

केन्द्रीय निर्वाचन प्रतिनिधि रोहित बास्तोलाले आईतबार दिउसो साढे २ बजेदेखि मनोनयन दर्ता फारम नेपाली काँग्रेस पार्टी कार्यालयबाट वितरण गर्ने र सोमबार बिहान साढे ८ वजेसम्म लिने १० बजेदेखि मतदान भेरी प्राविधिक शिक्षालयमा सुरु गर्ने गरी तयारी गरेको जानकारी दिए ।

जिल्ला सभापतिको प्रत्यासी निरञ्जन सिंह सिजापतीले आफुहरुको प्यानल विधिवत घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताए । उनी नेविसंघको विद्यार्थी राजनीतिदेखि नै संस्थापन पक्षका हुन् ।

उनको प्यानललाई देउवा पक्षको सहयोग रहने भएको छ । बाँकेमा देउवा पक्षको भनेर चिनिएका बाँके क्षेत्र नं १ का सभापति माधवराम खत्रीले आफुहरुको सहयोग सिजापतिलाई रहने खुलासा गरे । उनले सिंजापति प्यानलबाट सचिवमा तप्त पौडेलको नाम तय भईसकेको जानकारी दिए । कोषाध्यक्षमा टुंगो लाग्न सकेको छैन ।

यसैगरी किरण कोईराला प्यानलबाट सचिवमा नरेन्द्र चौधरी पप्पु लड्ने भएका छन् । कोषाध्यक्षमा बुद्धिसागर सुवेदीको नाम चर्चामा आएको भएपनि कोषाध्यक्षमा अझै टुंगो लागाई नसकेको नेतृ कोईरालाले बताईन । उनी पार्टी सभापति सुशील कोईरालाकी बुहारी तथा तत्कालिन बाँके सभापति स्व. डा. अरुण कोईरालाकी धर्मपत्नी हुन ।

अर्का प्रत्यासी लक्ष्मीनारायण शाहको तर्फबाट सचिवमा विजयबहादुर यादव लड्ने भएका छन् । उनको प्यानलबाट पनि कोषाध्यक्षको उम्मेद्वारको टुंगो लाग्न सकेको छैन ।

सभापतिका प्रत्यासी नारायण गौडेलले टिमको घोषणाको लागि आफुले तयारी अन्तिम चरणमा पुर्‍याएको बताए । उनको प्यानलबाट अन्य उम्मेद्वारको टुंगो लागेको छैन । गौडेल १२ औं महाधिवेशमा सस्थापन पक्षबाट क्षेत्रीय सभापतिको पराजित उम्मेद्वार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment