Comments Add Comment

सिजी मोबाइलले ल्यायो नयाँ स्मार्टफोन

CG Mobiles

२९ माघ, काठमाडौं । सिजी मोवाइलले नयाँ स्मार्टफोन इओन एज मोवाइल नेपाली बजारमा बिक्री सुरु गरेको छ । आकर्षक डिजाइनमा रहेको यो स्मार्टफोन उत्कृष्ट क्यामेरा जडान गरिएको छ ।

मार्टफोनको पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सल क्यामेरा रहेको छ । जसले गर्दा उत्कृष्ट फोटो तथा भिडियो कैद गर्न सकिने छ । पछिल्लो समय हुर्किएको सेल्फी कल्चरलाई ध्यानमा राखेर कम्पनीले फ्रन्ट क्यामेरा पनि उच्च क्षमताको राखेको हो ।

यसमा १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, १६ जिवी रोम, पाँच इन्चको अनसेल एचडी डिस्प्ले रहेको छ ।  एन्ड्रोइड ललिपप ५.१ को अपरेटिङ सिस्टम रहेको मोवाइलमा दुई जिबी र्‍याम रहेको छ ।

यसमा ३२ जिबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गरेर मोवाइलको मेमोरी बढाउन सकिन्छ ।  २००० एमएएचको ठुलो ब्याट्रीका कारणले मोवाइलमा ब्याट्री लामो समयसम्म टिक्नेछ ।

यो स्मार्टफोनको मूल्य ११ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा सिजीले मोबाइलले आठवटा मोडेलको स्मार्टफोन ल्याएको छ । आगामी दिनमा ग्राहकको रोजाइअनुसारका स्मार्टफोन बजारमा ल्याउने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment