१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा सुरक्षासम्बन्धी तीन सम्झौता गर्न भारतले प्रस्ताव गरेको छ ।
अदालतबाट दोषी ठहर भएर जेलमा रहेका एक अर्का देशका नागरिकको साटफेर गर्ने ट्रान्सफर अफ सेन्टेन्स्ड पर्सन सम्झौता, सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव गरेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
भारतमा अपराध गरेर अर्को देशमा लुकेका अपराधीलाई पक्राउ गरेर बुझाउन पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव पनि भारतको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका समयमा यससम्बन्धी सहमति भएको थियो ।