Comments Add Comment

झापाली समाज यूएईको अध्यक्षामा उप्रेती

आरपी सहयात्री

यूएई । झापाली समाज, यूएईको प्रथम साधारणसभाले विकास उप्रेतीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । १२ फेब्रुवरी, शुक्रबार दुबईमा सम्पन्न सभाले आगामी दुई वर्षका लागि सबै क्षेत्रलाई समेटने गरी पूर्ण कार्यसमिति गठन पनि गरेको छ ।

jhapa samaj uaeसभाले कार्यसमितिमा केही हेरफेर गरेको छ । नवगठित समाजको उपाध्यक्षमा प्रथम, द्वितीय र तृतीय गरी तीन जना उपाध्यक्षहरु च्यन भएका छन् । तीन जना उपाध्यक्षमा क्रमशः मोहन शिवाकोटी, राजेन्द्र दाहाल र डिल्ली खतिवडा रहेका छन् ।

भेलाले यसपालिदेखि महासचिवको व्यवस्था गरेको छ । समाजको प्रस्तावित मस्यौदामा महासचिवको व्यवस्था गर्ने सहमति भएअनुरुप उक्त पद सिर्जना गरी टेकनाथ अधिकारीलाई उक्त जिम्मेबारी दिइएको विधान निर्माण समितिका संयोजक त्रिलोचन कोइरालाले बताएका छन् ।

साथै परिमार्जित समितिमा २ जना सचिवको व्यवस्था गरिएको छ । सचिवमा इन्द्र भण्डारी र शान्ता नेम्वाङलाई जिम्मेवारी दिइएको छ । कोषाध्यक्ष र सहकोषाध्यक्षको जिम्मेवारीमा तदर्थ समितिदेखि कुशलतापूर्वक काम गरिरहेका दुर्गेस सापकोटा र अम्बिका सुवेदीलाई नै चयन गरिएको छ ।

विभिन्न इमिरेट्स र झापाको भूगोल अनि क्रियाशीलताको आधारमा हरि कट्वाल, सुरेश उप्रेती, उमेश घिमिरे, रामकुमार राउत, माइनस प्लस संग्रौला ‘प्रदीप’, राधिका सिटौला, दुर्गा कडरिया, विराज राजवंशी, अन्जना अधिकारी, निरु पाण्डे ‘खरेल’ रोशन दाहाल, नेत्र खडका, मात्रिका लम्साल र हृदयराज पौडेललाई समाजको केन्द्रिय समितिको सदस्यमा सर्वसम्मत चयन गरिएको छ ।

उक्त भेलाले सात सदस्यीय एक सल्लाहकार समितिलाई अनुमोदन गरेको छ । सल्लाहकार समितिको संयोजकमा हेमन्त पौडेल रहेका छन् भने अन्य सदस्यहरुमा मोती राई, बलराम कुइँकेल, रोशन पनेरु, त्रिलोचन कोइराला, मेघराज सापकोटा र चिन्तामणि गौतम रहेका छन् । समाजको प्रवक्तामा राम ढुंगेललाई नै अनुमोदन गरिएको छ ।

गत नोभेम्बरबाट सक्रिय झापाली समाज, यूएईले पछिल्लो समय क्रिशाशील समूहको रुपमा आफ्नो गतिविधिलाई अगाडि बढाउँदै लगेको छ । यूएईमा रहेका करिब ४० हजारभन्दा बढी झापालीहरुबीच एकता, सहयोग र सहकार्य गर्ने उदेश्यले स्थापित यस सामाजिक संस्थाले सबै झापालीहरुलाई एकताबद्ध हुन आहृवान गरेको छ ।

सारजहा, रासअल खेमा, अल ऐन र दुबईमा क्षेत्रीय समिति विस्तार गरिसकेको यस समाजले केही हप्तामै अबुधाबी र अजमानमा पनि क्षेत्रीय समिति गठन गर्ने समाजका अध्यक्ष विकास उप्रेतीले बताएका छन् । समाज स्थापना भएको उपलक्ष्यमा समाजले आगामी २६ फेब्रुवरीमा दुबईको जाबिल पार्कमा एक भव्य वनभोज कार्यक्रमको आयोजना गरेर सबै नेपालीहरुलाई सहभागिताका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment