Comments Add Comment

प्रवासी माओवादीले मनाऐ २१ औं जनयुद्ध दिवस

maubadi3मलेसिया । एकिकृत नेकपा माओवादीको भातृ संगठन नेपाली जन प्रगतिशिल मञ्च मलेसिया तथा नेकपा माओवादी विप्लवको भातृसंगठन नेपाली जन प्रगतिशिल मोर्चाले शनिवार क्वालालम्पुरको दुई छुटटा छुटटै स्थानमा २१ औं जनयुद्ध दिवस मनाएका छन् ।

२० वर्ष अघिजन युद्धथालेको दिनलाई स्मरण गर्दै र १० वर्षे जन युद्धमा बलिदानी दिने शहीदहरु प्रति सम्मानगर्दै उक्त दिवस मनाईएको दुवै आयोजकहरुले बताए ।

नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेले जन युद्धदिवसको शुभकामना दिदैं अहिले सम्मका उपलव्धीको रक्षा गर्न सबैले पहल गर्नु पर्ने बताए । कार्य क्रममा पार्टीका मलेसियाका संयोजक रमेश तिवारी, मंचका सचिवालय सदस्य उपेन्ऽ न्यौपाने, पुर्व जनमुक्ति सेनाका बटालियन सहकमाण्डर भिम बहादुर रोकाय, जनसाँस्कृतिक महासंघका डिबि परियार पुर्व वाइसियल सुन्दर,नेपाली काँग्रेस जनसम्पर्क समितिका उपसभापति कमल गौतम ,पत्रकार दिपक संघर्ष , कोपिलागौतम, लगायतकाले शुभकामना राखेका थिए । कार्यक्रमको संचालन मञ्चका उपाध्यक्ष अस्मित सिंहले गरेका थिए ।

यसैगरी जनप्रगतिशिल मोर्चाले जनयुद्ध दिवसमा १० वर्ष जनयुद्धलाई नेतृत्व गर्नेहरुले धोकादिएको वताएका छन् । मोर्चाका अध्यक्ष लिलाराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादीका प्रवास शाखा मलेसियाका संयोजक यूवराज कोईरालाले हिजोका दिनमा कसैले पनि नसोचेको काम नेतृत्वले गरि दिनाले लाखौ यूवाखाडी र मलेसियाआउनु परेको जनाउदै उनले अब शान्तिपूर्ण क्रान्तिगर्ने र नेपालीको हक अधिकारको लागि लड्ने बताए ।

पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर तथा मञ्चका सल्लाहकार विक्रमगौरले प्रवासमा आएर जनयुद्धदिवस मनाउँन परेकोम  दुःख व्यक्त गरे । नयाँ जनवादी क्रान्तीको लक्ष्यलिएर देशमा आमुल परिवर्तन गर्न मुक्ति या मृत्यु रोजेर हिडेका हामी आज विदेशीको दास बन्नु परेको छ ।

जनयुद्धको नेतृत्वगर्नेहरु लक्ष्यको बाटो विर्सिएर हिडेकाछन् उनले भने । यसै गरीआत्मा राई, सुमन श्रेष्ठ प्रज्वललगायतले शुभकामना मन्तव्य राख्दै शहिदहरुको सपना र रगतमाथि खेलवाड भईरहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस जनसम्पर्क समितिका उपसभापति कमल गौतम, मलेसिया एकता समाजका तिलक परियार, पत्रकार कोपिला गौतम लगायतले शुभकामना व्यक्त गरेक थिए ।  केन्द्रिय सदस्य मोहित थापाले कार्यक्रम संञ्चालन गरेका थिए ।

जनयुद्धको बेला खारामा शहादत प्राप्तगर्ने निर्मल ओलीका छोरा प्रेम वली र बाँकेको सतवरियामा शहिद भएका सेतु बहादुर रोक्काकी श्रीमती सुस्मा रोक्कालाई नेपाली जनप्रगतिशिलमोर्चाले सम्मान गरेको हो ।

यसै गरी नेपाली जन प्रगतिशिल मञ्च मलेसियाले शहिद विष्णु बहादुर विष्टका भतिज विनोद विष्ट र खारामा शहिद भएका अपारका भाई प्रकाश श्रेष्ठलाई खादा ओडाएर सम्मान गरिएको थियो ।

पोर्चुगलमा पनि मनाईयो

लिस्बनर जनवादी क्रान्तिका बाँकि कार्यभार पुरा गर्दै समाजबादी ब्यबस्था तर्फ अघि बढौ भन्ने नाराका साथ् २१ औ जनयुद्द दिवस शनिवार पोर्तुगलको राजधानी लिस्बोनमा पनि मनाइयो। नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले संबिधान सभामार्फत संबिधान निर्माणमा जनयुद्दको भूमिका महत्वपुर्ण रहेको धारणा राखेका थिए।

जनयुद्दको बलमा मुलुकमा  संबिधान आएको दाबी गर्दै बक्ताहरुले पार्टीका केहि व्यक्तिहरु गुट उपगुट हुँदै अन्त्यामा बाहिरिदा पार्टीलाई केहि क्षति पुगेको बताए। कार्यक्रममा बोल्दै अध्यक्ष डिलाराम चापागाइले यहि जनयुद्दको बलले नेपालमा संबिधान सभा मार्फत जनताको संबिधान आएकोले यो दिवसलाई राज्यले रास्ट्रीय दिवसको रुपमा मनाउनु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment