Comments Add Comment

बागलुङमा जिप दुर्घटना, ५ गम्भीर घाइते

२ फागुन, बागलुङ । बागलुङको अर्गल गाविसमा आइतबार बिहान जिप दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Baglungशिलेबाट अर्गल गाउँ जाँदै गरेको रा १ ज २५८ नम्बरको जिप अर्गल–८ को पस्तकुल डाँडामा दुर्घटनामा परेको हो । जिप सडकदेखि करिब २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय ताराका प्रहरी हवल्दार तेजबहादुर भुजेलले जानकारी दिए

दुर्घटनामा परी घाइते हुनेमा अर्गल–९ का ३७ वर्षीय हरि रोका, वडा नम्बर–१ का ४० वर्षीय कर्णबहादुर रोका, वडा नम्बर २ का ५० वर्षीय बलबहादुर रोका, वडा नम्बर–२ कै ३६ वर्षीय प्रेम घर्ती र चालक अर्गल–१ का ३१ वर्षीय निखिल केसीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिप दुर्घटनामा अर्गलकै वडा नम्बर १ का ३२ वर्षीय बिरु रोका, वडा नम्बर २ का ३६ वर्षीय थमन घर्ती र वडा नम्बर १ का २२ वर्षीय मनु रोका सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

उकालो चढ्ने क्रममा ब्रेक फेल भएपछि जिप अनियन्त्रित भई सडकबाट खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाइतेको अर्गल स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी दीपक खड्का र स्थानीय मेडिकल सञ्चालक टोप रोकाले घटनास्थलमै पुगेर सामान्य उपचार गरेका थिए । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि धवलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment