Comments Add Comment

एप्पल, फेसबुक तथा गुगलले एक सेकेण्डमा कति कमाउँछन् ? जानिराखौँ

battle of internetविश्वमा अहिले सबैभन्दा मूल्यवान कम्पनीको अग्रस्थानमा टेक्नोलोजी कम्पनीहरु नै छन् । तेल तथा पेय पदार्थका कम्पनीहरुलाई निकै पारेका छन् मूल्य तथा कमाइको हिसाबले टेक्नोलोजी कम्पनीहरुले ।

एप्पल, गुगलको मातृ कम्पनी अल्फाबेट, माइक्रोसफ्ट तथा फेसबुकको संयुक्त कमाइ एक सेकेण्डको २ हजार डलर हुन्छ भने एक मिनेटको १ लाख ४० हजार डलर ।

र, यी सबैलाई एप्पलले जितेको छ र कमाइको आधा हिस्सा उसैले लग्छ ।

पेन्नी स्टक ल्याब्सले तयार पारेको एक अन्तरक्रियात्मक ग्राफ रिपोर्टमा विश्वका टेक जाएन्टहरुले रियल टाइममा कति नाफा कमाउँछन् भन्ने देखाइएको छ

जस अनुसार टि्वटर तथा प्यान्डोरा र येल्पले पनि नाफा कमाउन संघर्ष गरिरहेको देखिन्छ ।
उक्त ग्राफमा हरेक एक सेकेण्ड बित्दा आम्दानी र नाफामा कसरी परिवर्तन हुन्छ र तपाइँले वेबपेज हेरिरहने बेलासम्म कम्पनीले कति नाफा कमाइसकेको हुन्छ भन्ने समेत देखाउँछ ।

साथै ग्राफले टप चार प्रविधि कम्पनीहरुले आफ्ना प्रतिस्पर्धी तेल कम्पनीहरुलाई कसरी पछि पारे भन्ने पनि देखाउँछ ।
एप्पलले गत वर्षमात्रै वाषिर्क मुनाफामा पेट्रोलियम कम्पनी एक्जोन मोबाइललार्य पछि पारेको हो र कर्पोरेट इतिहासमै सबैभन्दा बढि वाषिर्क मुनाफा हासिल गर्न सफल भयो ।

रिपोर्ट अनुसार एप्पलले सन् २०१५ को अन्तिम त्रैमासिकमा १८ अर्ब डलर मुनाफा गरेको छ । सन् २०१५ को डिसेम्बर ३१ सम्ममा माइक्रोसफ्टको खुद आय ५ अबृ डलर रहेको छ ।

त्यस्तै फेसबुकले गत वर्षको अन्तिम त्रैमासिकमा ५ अर्ब ८४ करोड डलर आम्दानी गरेको छ । त्यस्तै अल्फाबेट दुनियाकै सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहँदै हालै बजार मूल्य ५ खर्ब ४७ अर्ब डलर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment