Comments Add Comment

सागमा नेपाललाई दोस्रो स्वर्ण, जुडोमा फुपु ल्हामुलाई सफलता

Phupu-Lhamu-Khatri1

  • १२अाैं सागमा नेपालका लागि स्वर्ण जितेपछि जुडाे खेलाडी फूपू ल्हामु खत्री । तस्बिरः देवु थापाकाे फेसबुकबाट

३ फागुन, काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एशियाली खेलकुदमा नेपालले दोस्रो स्वर्ण जितेको छ ।

जुडोको महिलातर्फ ६३ केजीमुनि तौलमा फुपु ल्हामु खत्रीले स्वर्ण जितेकी हुन् ।

राउण्ड रोविन प्रणालीमा खेलाइएको खेलमा उनले सबै प्रतिस्पर्धीलाई पराजित गरेकी थिइन ।

हंगेरीको बुढापेष्टमा बिशेष प्रशिक्षणमा लिएर खत्री दुई दिनअघि मात्रै सिलोङ पुगेकी हुन् ।

यसअघि उसुमा नेपालकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन् । उसुको थाउलोतर्फ उनले नेपालका लागि पहिलो स्वर्ण दिलाएकी थिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment