+
+

ओलीको प्रतिप्रश्नः को विरामी प्रधानमन्त्री ?

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ६ गते १९:५९

KP OLI_

६ फागुन, काठमाडौं । भारत भ्रमणमा जानु अघिल्लो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई भेटे । प्रधानमन्त्री कार्यालयमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण राजकीय हुने र सम्वन्ध सुधारमा केन्द्रीत रहने बताए ।

ओलीले सम्बोधन गरेपछि केहीबेर प्रश्न उत्तर चल्यो । एक पत्रकारले सोधे, यहाँको छ दिने भ्रमणलाई मानिसहरुले हजसँग तुलाना गरे । साइड सिन त पछि परे पनि हुन्थ्यो । अरु मन्त्री गएपनि हुन्थ्यो, विरामी प्रधानमन्त्रीलाई किन पठाउनु पर्‍यो ?

पत्रकारको प्रश्न भूईँमा खस्न पाउँदै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे, को विरामी प्रधानमन्त्री ? प्रधानमन्त्रीको प्रतिप्रश्नले हलमा हाँसोको फोहोरा छुट्यो । त्यसपछि उनले अरु प्रश्नको जवाफ दिए ।

संविधानको स्वागतबारे सोधिएको प्रश्नमा उनले संशोधनको स्वागत भइसकेको बताए । नजिकै रहेका पत्रकारले ‘स्वागत होइन, सकारात्मक भनेको हो’ भने ।

लगतै प्रधानमन्त्रीले भने, ‘कुन शब्दमा पोजेटिभ भन्छ भन्ने कुरा नि कस्तो हुन्छ भने नि मान्छेले श्रीमती पनि भन्न सक्छ, जहान पनि भन्न सक्छ, परिवार पनि भन्छसक्छ । त्यसका पछाडि धेरै जानु हुँदैन । श्रीमालाई लाग्ने भन्ने चलन हुन्छ, हामीलाई घरका पनि भन्छन् । कतैतिर बाहुन पनि भन्छन् ।’ उनले ठ्टयौली शैलीमा जवाफ दिएपछि हलमा फेरि हाँसोको फोहोरा छुट्यो ।

उनले नयाँ संविधान अनुसार बनेको प्रधानमन्त्रीलाई राजकीय भ्रमणको निम्तो दिएपछि संविधानलाई मान्यता दिए नभएको प्रश्न बाँकी नरहेको बताए । उनले भने, सोध्न जाने संविधानलाई मान्यता दियौं कि दिएनौं भनेर ?’

प्रधानमन्त्रीलाई अर्को प्रश्न थियो, यसअघि पनि प्रधानमन्त्री गएकै हुन । तपाई गएर के गर्नु हुन्छ र सम्वन्ध सुधार हुन्छ ? प्रधानमन्त्री ओलीले आफ्नै शैलीमा जवाफ दिए, म भारतलाई त्यहीँ छोड्छु, नेपाल यहि रहन्छ ।’

हलमा फेरि हाँसोको फोहोरा छुट्यो । उनले आफूलाई बोलाउनु नै सम्वन्ध सुधारको आधार भएको बताए । उनले भने, ‘मलाई अहिले बोलाएको त मित्रताको निम्ति बोलाएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?