Comments Add Comment

प्रधानमन्त्री ओली र मोदीले दिल्लीमा स्वीच थिचे, ८० मेगावाट बिजुली नेपाल आयो

kp-n-modi-swch-on!!!
८ फागुन, काठमाडौं । नेपालले भारतसँग खरिद गरेको थप ८० मेगावाट बिजुलीको औपचारिक आयात सुरु भएको छ ।

ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वीच थिचेर उद्घाटन गरेका छन् ।

दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा भएको एक समारोहमा बिजुलीको स्वीच अन गरेर उद्घाटन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी (एनभीभीएन)बीच बिजुली खरिद बिक्री सम्झौता भइसकेको छ ।

सम्झौताअनुसार नेपालले आगामी असारसम्म ढल्केबर-मुजफ्फरपुर प्रशारण लाइनबाट ८० मेगावाट बिजुली ल्याउने छ । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट भारु ३.४ अर्थात ५ रुपैयाँ ५० पैसामा बिजुली बेचेको हो ।

त्यसमा आयात लागत जोड्दा ७ रुपैयाँ माथि पुगेको छ । प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन निर्माण दुई कम्पनीलाई प्रतियुनिट १ रुपैयाँ ५३ पैसा प्रसारण शुल्क तिर्नुेपर्ने भएकाले थप महंगो भएको हो ।

सम्झौताअनुसार गत बुधबारदेखि भारतदेखि ३० मेगावाट बिजुली परीक्षणका रुपमा ल्याउन सुरु भईसकेको थियो । आजदेखि सम्झौता अनुरुप पुरै ८० मोगावाट बिजुली आउन सुरु भएको छ ।

भारतबाट थप विद्युत् आएपनि कति सयमको लोडसेडिङ कम हुन्छ भन्ने बारे प्राधिकरणले केही बताएको छैन् । तर, प्राविधिकहरुले २ घण्टासम्म लोडसेडिङ कम हुनसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment