Comments Add Comment

मोदीले भने-नेपालको संविधान घोषणा ‘महत्वपूर्ण उपलब्धि’, सफलता सहमति र सम्वादमा निर्भर

Kp-oli-And-Modi

चिरञ्जीवी पौडेल

८ फागुन, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त ‘एक महत्वपूर्ण उपलब्धि’ बताएका छन् । तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए ।

नेपालमा नयाँ संविधान जारी भएपछि यसलाई स्वागत गर्न हिच्किचाउँदै भारतले आर्थिक नाकाबन्दीसमेत गरेको थियो ।

तर, शनिबार नेपालका प्रधानमन्त्री केपी ओलीसँग हैदारावाद हाउस भएको भेटवार्तामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने-‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो ।’ यसको निर्माणमा सरकार र राजनीतिक नेतृत्वले गरेको योगदानलाई अभिनन्दन गर्ने उनले बताए ।

तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए । उनले भने, यसै सिद्धान्तका आधारमा राजनीतिक वार्तालापको माध्यमबाट नेपालका सबै वर्गलाई समगमा लिएर तपाई नेपालको संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजानु हुनेछ । ‘

मोदीले नेपाली राजनीतिक नेतृत्वले संविधानसँग जोडिएका सबै मुद्धाको सन्तोषजनक निवारण गर्ने अपेक्षा गर्नुले मधेसको मामिलामा भारत अझै पनि पुरानै अडानमा रहेको देखिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, स्थिरता र आर्थिक विकासका बारेमा आफू र नेपालका प्रधानमन्त्री ओलीवीच कुराकानी भएको मोदीले संयुक्त पत्रकार सम्मेलनमा बताए ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गरेका थिए । नेपालका प्रधानमन्त्री ओलीले अंग्रेजीमा लिखित भाषण पढेका थिए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment