+
+

कर्मचारीलाई बोनस नबाँड्न आयल निगमलाई अर्थमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १३ गते १७:१७

Bishnu paoudel

१३ फागुन, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल आयल निगमलाई बोनस नबाँड्न निर्देशन दिएका छन् ।

ऋणमा रहेको निगमले ९० करोड रुपैयाँको हाराहारीमा कर्मचारीलाई बोनस बाँड्ने तयारी गरेको सूचना पाएपछि मन्त्री पौडेलले बिहीबार दिउँसो कुनैपनि हालतमा बोनस नबाँड्न निगम नेतृत्वलाई निर्देशन दिएका हुन् ।

निगमले सरकारको १२ अर्ब रुपैयाँ ऋण तिर्ने बाँकी छ । तर, गत वर्ष निगमले ‘वर्किङ प्रोफिट’ कमाएको लेखापरिक्षण प्रतिवेदन तयार पारेको थियो । त्यही प्रतिवेदनका आधारमा नाफाबाट कर्मचारीलाई बोनस खुवाउने तयारी गरेको थियो ।

नेपाल आयल निगमका लागि अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सुर्य आचार्यलाई मन्त्रालयमा बोलाएर मन्त्रीले निर्देशन दिएका हुन । बिदामा रहेका आचार्य मन्त्रीले बोलाएपछि मन्त्रालय पुगेका थिए ।

यसअघि पनि घाटामा रहेका बेला सार्वजानिक संस्थानहरुले बोनस खुवान नपाइने गरी अर्थ मन्त्रालयले निर्देशन दिए पनि निगमको नेतृत्वले वर्किङ प्रोफिट देखाउँदै बोनस बाँड्ने तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?