Comments Add Comment

मुगुमा मोटर बाटो निर्माणमा तिब्रता

mugu motarbato

१६ फागुन, मुगु । मुगु जिल्ला सदरमुकाममा मोटरबाटो पुगे पछि अहिले गाँउ गाँउ जोड्ने सडक निर्माणमा तिब्रता आएको छ । लामो खडेरीले निम्त्याएको भोकमरी टार्न आय आर्जनका लागि सबै जसो मुगाली यतिखेर विकास निर्माणमा जुटेका छन् ।

सडक पुगे पछि सदरमुकाम गमगढी बजारमै भने जति चामल पाइने भएकाले सडकको महत्व बढे पछि बाटो निर्माणमा झनै तिब्रता आएको छ । विगतका भोकमरीहरुमा ठुलो सास्ति भोगेका मुगालीहरु यतिखेर भने थोरै राहत महसुस गरेका छन् ।

बाटो खन्नका लागि घर छोडेर निर्माण स्थल नजिकै आफ्नो आफ्नो समुहको पाल हालेर बसेका छन् । के महिला के पुरुष सबै जना गाँउमा मोटर पुग्ने आशामा अहोरात्र बाटो निर्माणमा व्यस्त देखिन्छन् । एकातिर गाँउमा बाटो पुग्ने र पाएको ज्यालाबाट घर खर्च पनि टर्ने भएकाले सबै जसो नै बाटो निर्माणमा जुटेका छन् ।

१३ अक्टुवर बाट मुगुमा संचालित ग्रामिण पहुँच कार्यक्रम ले हाते औजार बाटै मानिस द्वारा मात्र बाटो निर्माण गरिने प्रावधानले पनि मानिसको सहभागिता बढेको हो । यतिखेर मुगु जिल्लामा संचालित विकास आयोजनाहरुले चर्को भोकमरीबाट बच्न सहयोग पुर्याएको कुरा आम मुगुवासीको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment