+
+

आर्यन र मरिष्काको प्रेम फस्टलुकमा, ‘के म तिम्रो होइन र’को अडियो कर्णप्रिय

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २५ गते १४:४८

k ma timro hoina ra looks
अहिले सम्मकै सर्वाधिक व्यापार गर्न  सफल चलचित्र ‘कोहिनुर’का निर्देशक हुन्, आकाश अधिकारी । उनै आकाशले निर्देशन गरेको नयाँ चलचित्र ‘के म तिम्रो होइन र’को फस्टलुक रिलिज गरिएको छ । नारी दिवसको अवसर पारेर बैशाख ३१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको फस्टलुक रिलिज गरिएको हो ।

अधिकारी ब्रदर्स पिक्चर्सको प्रस्तुतीमा द स्काई मुभिजको सहयकार्य रहेको यो चलचित्रलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् । सञ्जिव भट्ट र सुनिल अधिकारी चलचित्रका सह-निर्माता हुन् । चलचित्रमा ३ वटा गीत समावेश गरिएको छ । तर, फस्टलुकसँगै निर्माणपक्षले २ वटा अडियो गीतको अडियो जुक बक्स सार्वजनिक गरेको छ ।

निर्देशक आकाश अधिकारीको खोजमा चलचित्र भित्र नयाँ कलाकार आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा देखिएका छन् । यी  दुई  नयाँ अनुहारसँगै प्रज्ज्वल सुजल गिरी, सुरेन बसेल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी, विनोद केसी चलचित्रमा देखिनेछन् । k ma timro hoina ra 1
साथमा गौरी मल्ल र मिथिला शर्माले चलचित्रमा विशेष भूमिका निर्वाहा गरेका छन् । बसन्त सापकोटा र तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा नवराजकृष्ण थापाको छायांकन, आकाश अधिकारीको कथा, यम थापाको पटकथा तथा संवाद, बसन्त श्रेष्ठ र रेनशा वान्तवा राइको कोरियोग्राफी, हिमाल केसीको एक्सन, अर्जुन जिसी र भूपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रको पोष्टरलाई सान थापा र बिजय बस्यालले तयार पारेका हुन् ।

फिल्मको  पर्दाभित्र आर्यन र मरिष्काको रोचक प्रेमकथालाई देखाइएको छ । यही फिल्मका  लागि नव-नायक आर्यन अधिकारीले प्याक्स पनि बनाएका छन् । आर्यनको मिहिनेतले फिल्मको फस्टलुकमा उनी चम्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?