Comments Add Comment

नेपालसहित ३४ राष्ट्रमा खाद्यान्न अपर्याप्तः राष्ट्रसंघ

२७ फागुन, काठमाडौं । नेपालसहितका ३४ देशमा जनताका लागि पर्याप्त खाद्यान्न नपाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । द्वन्द्व, खडेरी र बाढीका कारण यी देशहरुमा खाद्यान्न अभाव भएको राष्ट्रसंघको कथन छ ।

Foodराष्ट्रसंघको खाद्यान्न तथा कृषि संगठनद्वारा बुधबार प्रतिवेदनका अनुसार खाद्यान्न अभाव झेल्ने राष्ट्रमा अधिकांस अपि|mकाका छन् ।

पछिल्लो कालखण्डमा इराक, सिरिया, यमन, सोमालिया र केन्द्रीय अफ्रिकन रिपब्लिकमा उत्पन्न द्वन्द्वका कारण कृषिजन्य उत्पादनमा ठूलो ह्रास आएको र मानवीय संकट बढेको प्रतिवेदनमा उल्लेख छ ।

‘यसको परिणामस्वरुप ती देशका छिमेकीहरु पनि प्रभावित बनेका छन्, जहाँ ठूलो संख्यामा शरणार्थिको उपस्थिति छ,’ प्रतिवेदनमा भनिएको छ । बाह्य मुलुकको खाद्य सहायता आवश्यक पर्ने राष्ट्रको संख्या डिसेम्बरमा ३३ थियो ।

त्यसमा स्वाजिल्यान्ड थपिएको छ । अन्य राष्ट्रमा जिम्बाबे, बुर्किना फासो, एरिटि्रया, गुइनीया, लाइबेरिया, मालावी, माली, माउरिटानीया, सियरालियोन, बुरुन्डी केन्या, अफगानिस्ता, सुडान, युगान्डा, म्यानमार, नेपाल लगायत छन् । सन् २०१६ मा एशियाली देशहरुमा गहुँको उत्पादन भने उच्चरुपमा बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment