Comments Add Comment

जता रितु उतै दर्शक !

Ritu-Kanel,-Dang-Mahotsab

३० फागुन, दाङ । दाङको घोराही महोत्सवमा उदघोषकले आधुनिक पप गायीका रितु कणेलको नाम र उनको प्रशंसा गर्दै स्टेजमा के बोलाएका थिए यत्रतत्र छरिएका दर्शक पनि स्टेजतर्फ अग्रसर भए ।

उद्योग वाणिज्य संघ दाङले घोराहिमा आयोजना गरेको घोराही महोत्सवको सांगीतिक यात्रामा भाग लिन दाङ पुगेकी गायीका रितुले प्रस्तुत गरेका गितमा उपस्थित दर्शकले मज्जैले नाच्न भ्याए ।

उनले घोराही महोत्सवमा ‘मायाँ यस्तै रैछ’, ‘आउन आऊ’, ‘आइलभ’ जस्ता थुप्रै गीत गाएकी थिइन् । उनले गीत गाइरहँदा दर्शकहरूले स्वरमा स्वर थपिरहेका थिए भने कतिपय नाच्नमा व्यस्त भए ।

छोटो समयमा आधुनिक पप गायन क्षेत्रमा राम्रो पकड जमाउन सफल रितुको प्रस्तुतीले सबैलाई मनोरञ्जन प्रदान गर्‍यो । अवसर र चुनौतिकाबीच गायन क्षेत्रलाई अंगालेकी रितुले छोटो समयमा नै आफूलाई दर्शक माझ लोकप्रिय गायीकाका रुपमा उभ्याउन सफल भएकी छन् ।

‘अरु चाड पर्वका बेला पूजा र ब्रतमा व्यस्त हुन्छन् तर म दर्शक माझ आफ्ना प्रस्तुति लिएर जाने गर्छु,’ रितुले भनिन्, ‘दाङमा दर्शकहरुको साथ र समर्थनले थप हौसला मिलेको छ ।’

केहि महिनादेखि रितुलाई स्टेज प्रोग्रामहरुमा जान भ्याइ नभ्याइ छ । गायीका रितु यतिबेला दर्शकको मागका कारण आयोजकको तानातानमा परेकी छन् । एक हप्ता अगाडि मात्रै उनी हेटौडा, स्याङ्जा, पोखराको कार्यक्रम सिध्याउँदै दाङको घोराही महोत्सवमा पुगेकी हुन् । दाङ महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती हुने गरेको छ ।

गायीका रितुले आफ्नो ‘बतास एल्बम’ चाँडै दर्शकमा बजारमा आउन लागेको बताइन् । आफै म्युजिक भिडियोमा खेलेकी रितुले एक हप्ताभित्र दर्शकमाझ साबर्जनिक गर्ने बताइन् । उनको उक्त पप एल्बममा माया पिरतीका विषय उठान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment